यस्ता छन् आजका पत्रपत्रिकाका सम्पादकीय
तथ्यांकले तर्क गर्छ । सुधारका सर्त पनि राख्छ ।
जान्नेलाई श्रीखण्ड हुन्छ, नजान्नेलाई मिथ्यांक ।
शिक्षक दरबन्दी पुनर्वितरणबारे सुझाब दिन मन्त्रिपरिषद्ले पुर्वसचिव महाश्रम शर्माको संयोजकत्वमा बनाएको कार्यदलको प्रतिबेदनमा त्यस्तै तथ्यांक छन ।
देशब्यापी रुपमा शिक्षकहरुलाई एउटै पुलमा ल्याएर वितरण गर्न सकिन्छ ।
जहाँका दरबन्दी भए पनि शिक्षकहरु सबै राष्ट्रका स्रोत र सम्पत्ति हुन् ।
नपुगेका थप्नुपर्नेछ ।
त्यसैगरी माध्यमिक तहमा खाँचो भएका विषयगत शिक्षक ।, आजको कान्तिपुर दैनिकमा को किन जने सकारी भन्ने शिर्षकमा सम्पादकीय छ ।
राजनीतिक रुपमा स्थायित्वको सुरुवातसँगै नेपाल आउने पर्यटकको संख्यामा उत्साहजनक प्रगति हुन थालेको छ ।
यस बर्षको पहिलो आठ महिनामा प्रतिमहिना औसत ८५ हजार पर्यटकले नेपाल भ्रमण गरेका छन् ।
यो गत बर्षको औसतभन्दा १३ हजारले बढी हो ।
नेपाल आउने पहिलो नम्बरमा अहिले पनि भारतीय पर्यटक नै रहेका छन्, भने चीनले तीब्र गतिमा त्यो संख्यालाई पछ्याउँदै गएको छ ।, आजको नयाँ पत्रिकामा पर्यटन क्षेत्रमा उत्साह शिर्षकमा सम्पादकीय छापेको छ ।
संविधानमा नमिलेका पक्षमा सुधार गर्दै जानुपर्नेमा विमति छैन ।
तर संविधान दिवस बहिष्कार गरेर प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत र अन्य मन्त्रीले आफैँलाई त्यो जिम्मेवारी दिने मुल स्रोतमाथि आशंका गरेका छन् ।
संविधानले बनाएको मुख्यमन्त्री र मन्त्री पद स्वीकार्य हुने, तर त्यसको दिवस स्वीकार्य हुन नसक्ने अवस्था कुनै हिबासले पनि प्रीतिकर छैन ।, आजको नागरिक दैनिकमा विरोधका बाछिटा शिर्षकमा सम्पदाकीय छ ।
अबको दुई सातामा डीपीआर निर्माण गर्नेसम्बन्धी सम्झौता हुने र चार महिनामा प्रतिवेदन तयार गरिसक्ने तयारी छ ।
डीपीआर बनेलगत्तै ग्लोबल टेन्डरबाट निर्माण कम्पनी पनि छनौट हुनेछ ।
सेनाले काम गरिरहेको छ ।
जग्गाको मुआब्जा दिने काम अन्तिम चरणमा पुगेको छ ।
यो योजनाको व्यवस्थापन नेपाली सेनालाई जिम्मेवारी दिएपछि द्रुतमार्गको काम सहज रुपमा अगाडि बढिरहेको छ ।
यही गतिमा अगाडी बढाउनु मुलुक र जनताको हितमा हुन्छ ।, आजको गोरखापत्रमा द्रुतमार्ग निर्माण शिर्षकमा सम्पादकीय छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण