शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

यस्ता छन् आजका पत्रपत्रिकाका सम्पादकीय

शुक्रबार, ०५ असोज २०७५, ०७ : ५२
शुक्रबार, ०५ असोज २०७५

तथ्यांकले तर्क गर्छ । सुधारका सर्त पनि राख्छ । 
जान्नेलाई श्रीखण्ड हुन्छ, नजान्नेलाई मिथ्यांक । 
शिक्षक दरबन्दी पुनर्वितरणबारे सुझाब दिन मन्त्रिपरिषद्ले पुर्वसचिव महाश्रम शर्माको संयोजकत्वमा बनाएको कार्यदलको प्रतिबेदनमा त्यस्तै तथ्यांक छन ।
देशब्यापी रुपमा शिक्षकहरुलाई एउटै पुलमा ल्याएर वितरण गर्न सकिन्छ । 
जहाँका दरबन्दी भए पनि शिक्षकहरु सबै राष्ट्रका स्रोत र सम्पत्ति हुन् । 
नपुगेका थप्नुपर्नेछ । 
त्यसैगरी माध्यमिक तहमा खाँचो भएका विषयगत शिक्षक ।, आजको कान्तिपुर दैनिकमा को किन जने सकारी भन्ने शिर्षकमा सम्पादकीय छ । 

राजनीतिक रुपमा स्थायित्वको सुरुवातसँगै नेपाल आउने पर्यटकको संख्यामा उत्साहजनक प्रगति हुन थालेको छ । 
यस बर्षको पहिलो आठ महिनामा प्रतिमहिना औसत ८५ हजार पर्यटकले नेपाल भ्रमण गरेका छन् । 
यो गत बर्षको औसतभन्दा १३ हजारले बढी हो । 
नेपाल आउने पहिलो नम्बरमा अहिले पनि भारतीय पर्यटक नै रहेका छन्, भने चीनले तीब्र गतिमा त्यो संख्यालाई पछ्याउँदै गएको छ ।, आजको नयाँ पत्रिकामा पर्यटन क्षेत्रमा उत्साह शिर्षकमा सम्पादकीय छापेको छ । 

संविधानमा नमिलेका पक्षमा सुधार गर्दै जानुपर्नेमा विमति छैन । 
तर संविधान दिवस बहिष्कार गरेर प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत र अन्य मन्त्रीले आफैँलाई त्यो जिम्मेवारी दिने मुल स्रोतमाथि आशंका गरेका छन् । 
संविधानले बनाएको मुख्यमन्त्री र मन्त्री पद स्वीकार्य हुने, तर त्यसको दिवस स्वीकार्य हुन नसक्ने अवस्था कुनै हिबासले पनि प्रीतिकर छैन ।, आजको नागरिक दैनिकमा विरोधका बाछिटा शिर्षकमा सम्पदाकीय छ । 

अबको दुई सातामा डीपीआर निर्माण गर्नेसम्बन्धी सम्झौता हुने र चार महिनामा प्रतिवेदन तयार गरिसक्ने तयारी छ । 
डीपीआर बनेलगत्तै ग्लोबल टेन्डरबाट निर्माण कम्पनी पनि छनौट हुनेछ ।
सेनाले काम गरिरहेको छ । 
जग्गाको मुआब्जा दिने काम अन्तिम चरणमा पुगेको छ । 
यो योजनाको व्यवस्थापन नेपाली सेनालाई जिम्मेवारी दिएपछि द्रुतमार्गको काम सहज रुपमा अगाडि बढिरहेको छ । 
यही गतिमा अगाडी बढाउनु मुलुक र जनताको हितमा हुन्छ ।, आजको गोरखापत्रमा द्रुतमार्ग निर्माण शिर्षकमा सम्पादकीय छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप