द्रुतमार्गको लागत १ खर्ब ३५ अर्ब
शुक्रबार, ०५ असोज २०७५, ०७ : २५
काठमाडौं - बहुप्रतिक्षित काठमाडौं - तराई/मधेश द्रुतमार्गको अनुमानित लागत १ खर्ब ३५ अर्ब रुपैयाँ हुने प्रारम्भिक आकलन गरिएको समाचार आजको कारोबारमा छापिएको छ ।
दक्षिण कोरियाली कम्पनी सुसुङसँग १० करोड १५ लाख रुपैयाँ लागतमा डीपीआर निर्माणको सम्झौता गर्न लागेको सेनाले आयोजना पूरा हुँदासम्म यसअघि अनुमान गरिएभन्दा लागत बढ्ने जनाएको छ ।
७६.२ किमी लम्बाईको यो आयोजना २०७८ भित्र निर्माण कार्य सक्ने गरी सम्पूर्ण व्यवस्थापनको जिम्मा सेनाले लिइसकेको छ । ४ लेनको द्रुतमार्ग पहाडमा २५ र तराइमा २७ मिटर चौडा हुने छ ।
सेनाले उल्लेख गरेको यो अनुमानित लागत सन् २००१ मा एसियाली विकास बैंक (एडीबी) ले गरेको सर्वेक्षणभन्दा ४५ अर्ब बढी हो । एडीबीले १० बर्षअघि गरेको सर्वेक्षणमा द्रुतमार्गको लागत ९० अर्ब हुने उल्लेख गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाराजगन्ज दुर्घटना अपडेट: ठक्कर दिने इभी माइक्रोका चालकको मृत्यु, अन्य ६ जना घाइते (विवरणसहित)
-
अनलाइन ठगीमा संलग्न ३ भारतीयसहित ४ जना पक्राउ
-
इरानलाई हतियार बिक्री नगर्न रुस र चीनलाई अमेरिकी राष्ट्रपतिको चेतावनी
-
रौतहटमा खुकुरी प्रहार गरेर महिलाको हत्या, ढुङ्गा हानेर आरोपी पक्राउ
-
युरोप डढेलोको चपेटामाः स्पेन र फ्रान्समा हजारौँ मानिसलाई सुरक्षित स्थानमा जान आदेश
-
अभियन्ता वेदिका केसीलाई थुनाबाहिरै राखेर अनुसन्धान गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण