शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

चीनमा दुई लाख १० हजार व्यक्तिलाई अनुशासन उल्लङ्घनको कारबाही

बिहीबार, ०५ साउन २०७४, १८ : १०
बिहीबार, ०५ साउन २०७४

बेइजिङ – कम्युनिष्ट पार्टी अफ चाइना (सिपीसी)का उच्च अनुशासन निरीक्षकका अनुसार दुई लाख १० हजार जना अधिकारीलाई अनुशासन उल्लङ्घनको कारबाही भएको छ । 

सन् २०१७ को छ महिनाभित्र यति ठूलो सङ्ख्यामा अनुशासन उल्लङ्घनको सजाय भएको सिपीसीले जानकारी दिएको छ । 

यो तथ्याङ्क कम्युनिष्ट पार्टी अफ चाइनाको अनुशासन समिति (सिसिडिआइ)ले बिहीबार सार्वजनिक गरेको बेइजिङबाट प्राप्त समाचारमा जनाइएको छ । 

यस प्रकार अनुशासनको सजाय भोगेका व्यक्तिहरुमा ३८ जना प्रान्तीय अर्थात मन्त्रीस्तरीय र एक हजारभन्दा बढी जिल्लास्तरका तथा आठ हजार चार सयभन्दा बढी गाउँस्तरका अधिकारी रहेका छन् । 

सिपीसीले सन् २०१६ मा चार लाख १५ हजार व्यक्तिलाई अनुशासन उल्लङ्घनको कारबाही गरेको थियो । रासस/ सिन्ह्वा 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप