बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारी अस्पतालभित्र अझै निजी फार्मेसी

शुक्रबार, ०५ असोज २०७५, ०७ : १७
शुक्रबार, ०५ असोज २०७५

बारा - बार जिल्ला अस्पताल, कलैयाको सटरमा गैरकानुनी ढंगले निजी फार्मेसी सञ्चालनमा रहेको पाइएको छ । 

अस्पतालको मूख्य प्रवेशद्धारसँगै रहेका सटरमा केही व्यवसायीले बर्षौंदेखि अवैध तरिकाले फार्मेसी सञ्चालन गर्दै आएका छन् । 

सर्वोच्च अदालतले २०७२ असार १३ मा चिकित्सा विज्ञान प्रतिष्ठान, वीर अस्पताल र अन्य सबै सरकारी अस्पतालले फार्मेसी सेवा सञ्चालन गर्नुपर्ने र अस्पताल परिसरका निजी फार्मेसी बन्द गराउने आदेश दिएको थियो । 

सर्वोच्चको आदेशपछि कलैया अस्पतालले फार्मेसी सञ्चालनमा ल्याए पनि निजी फार्मेसीलाई बन्द गराउन नसकेको समाचार आजको  कान्तिपुरको पृष्ठ ५ मा छापिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप