प्रतिनिधिसभाका १४ मध्ये ६ समितिमा महिला सभापति, कुन समितिमा को सभापति ?
संघीय संसद्का १४ वटै विषयगत समितिले शुक्रबारदेखि सभापति पाउँदै छन् । प्रतिनिधिसभाका १० समिति सभापतिका लागि बिहीबार प्रत्येक समितिमा एकल उम्मेदवार परेपछि शुक्रबार सबै समितिमा निर्विरोध सभापति निर्वाचित हुने भएका हुन् ।
प्रतिनिधिसभाका १० मध्ये सार्वजनिक लेखा समिति मात्र विपक्षी दललाई दिइएको छ । त्यसबाहेक सत्तारूढ दल नेकपाले आठ र अर्को सत्तारूढ दल संघीय समाजवादी फोरमले एउटा समितिको नेतृत्व गर्दै छन् ।
संसद् नियमावलीअनुसार समिति नेतृत्वमा कम्तीमा एकतिहाइ महिला रहनुपर्ने व्यवस्था छ । तर, सत्तारूढ नेकपाले प्रतिनिधिसभाका १० विषयगत समितिमा महिला सांसदलाई विशेष प्राथमिकता दिएको छ । सभापतिका लागि उम्मेदवारी दिएका आठमध्ये ६ वटा समिति सभापतिमा नेकपाले महिला उम्मेदवार बनाएको छ ।, यो खबर आजको नयाँ पत्रिकामा छ ।
कुन समितिमा को सभापति ?
सार्वजनिक लेखा समितिमा कांग्रेसका भरत शाहको उम्मेदवारी परेको छ । कांग्रेसकै राजेन्द्रकुमार केसीको प्रस्ताव तथा मीना सुब्बाको समर्थनमा शाहले सभापति पदमा उम्मेदवारी दिएका हुन् ।
नेकपाकी बिन्दा पाण्डे प्रस्तावक तथा गोपालबहादुर बम समर्थक राखेर संघीय समाजवादी फोरमका विमलप्रसाद श्रीवास्तवले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा उम्मेदवारी दिएका छन् ।
शिक्षा तथा स्वास्थ्य समितिमा जयपुरी घर्तीको उम्मेदवारी परेको छ । घर्तीको प्रस्तावक योगेश भट्टराई र अञ्जना बिशंखे समर्थक छन् ।
विकास तथा प्रविधि समितिमा गणेश पहाडीको प्रस्ताव र इन्दुकुमारी शर्माको समर्थनमा कल्याणी खड्काले सभापतिका लागि उम्मेदवारी दिएकी छन् । राज्यव्यवस्था तथा सुशासन समितिको सभापति शशी श्रेष्ठ हुने भएकी छन् । कृष्णगोपाल श्रेष्ठ प्रस्तावक तथा रेखा शर्मा समर्थक रहेर श्रेष्ठको उम्मेदवारी परेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
-
सञ्चय कोषद्वारा एक अर्ब ६९ करोड प्रवाह
-
सार्वजनिक बिदाका दिनमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण