बुधबार, २७ जेठ २०८३
ताजा लोकप्रिय

सिंहदरबारमा सुरक्षा थ्रेटः पश्चिम गेट बन्द

शुक्रबार, ०५ असोज २०७५, ०६ : ३८
शुक्रबार, ०५ असोज २०७५

काठमाडौं - सुरक्षा कारण देखाउँदै देशको प्रमुख प्रशासनिक निकाय सिंहदरबार प्रवेश गर्ने पश्चिम उत्तरको दुई नम्बर गेट सर्वसाधारणको लागि बन्द गरिएको छ । 

सर्वसाधारणका लागि पनि सञ्चालनमा रहेको दुई नम्बर (नेपाली सेना) को गेट निजामती कर्मचारीले मात्र प्रवेश पाउने गरी बन्द गरिएको समाचार आजको नेपाल समाचारपत्रमा छापिएको छ । 

सुरक्षाकर्मी र कार्यालय समयमा निजामती कर्मचारीले मात्र प्रयोग गर्ने गरी पश्चिम उत्तरतर्फको गेट बन्द गरिएको गृह मन्त्रालयका सूचना अधिकारी एकदेव अधिकारीले बताए । 

उनले सिंहदरबारभित्र प्रवेश गर्न सहज बनाउनका लागि अध्ययन भइरहेको जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप