शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

उत्तरी भारतमा बस दुर्घटनामा २८ को मृत्यु

बिहीबार, ०५ साउन २०७४, १७ : ५४
बिहीबार, ०५ साउन २०७४

नयाँ दिल्ली – उत्तरी भारतीय राज्य हिमाञ्चल प्रदेशमा बिहीबार भएको बस दुर्घटनामा कम्तीमा २८ व्यक्तिको मृत्यु भएको वरिष्ठ प्रहरी अधिकारीले जानकारी दिनुभएको छ । 

यस दुर्घटनामा अन्य सात जना घाइते भएका छन् । यस घटनामा घाइते भएका सबैको अवस्था गम्भीर भएको जनाइएको छ । 

प्रान्तीय राजधानी सिमलाबाट १२० किलोमिटर टाढा पर्ने रामपुरनजिकै राष्ट्रिय राजमार्ग नं ५ मा सो दुर्घटना भएको थियो । चालकले नियन्त्रण गुमाएका कारण सो बस खोँचमा खसेको जनाइएको छ । 

यस बसमा चालक र सहायकसहित ४० भन्दाबढी व्यक्ति सवार रहेका जनाइएको छ । सो क्षेत्र एक पहाडी अप्ठेरोमा रहेकोले बारम्बार यस्ता दुर्घटना हुने गरेको अर्को एक समाचारमा जनाइएको छ । यस घटनाको अनुसन्धान सुरु भएको एकजना वरिष्ठ सरकारी अधिकारीले जानकारी दिनुभएको छ । रासस/ एएफपी 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप