शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

लागुऔषधसहित तीन जना पक्राउ

बिहीबार, ०४ असोज २०७५, २१ : ३८
बिहीबार, ०४ असोज २०७५

नवलपरासी । प्रतिबन्धित लागुऔषधसहित प्रहरीले आज तीन जनालाई पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा प्रहरी चौकी सनइबाट खटिएको प्रहरी टोलीले पाल्हीनन्दन गाउँपालिका–६ पडरीबाट लागुऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो । 

पक्राउपर्नेमा पश्चिम नवलपरासीको रामग्राम नगरपालिका– १६ का २२ वर्षीय अभिनाश भन्ने प्रमेश्वर तिवारी, सोही ठाउँका १८ वर्षीय जमाल देवान र २६ वर्षीय सहरत अली रहेको प्रहरीले जनाएको छ । 

उनीहरुको साथबाट फेनेरागन ४७ एम्पुल, डाईजेपाम ४७ एम्पुल, टेलजेसिक ४७ एम्पुल बरामद गरिएको छ । पक्राउ परेकालाई लागुऔषध कारोबार अन्तर्गत मुद्दा चलाइएको प्रहरीले जनाएको छ । 

हत्याको आरोपमा पाँच पक्राउ 

हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले पूर्वी नवलपरासीबाट आज पाँच जना युवालाई पक्राउ गरेको छ । 

पक्राउपर्नेमा पूर्वी नवलपरासी विनयी त्रिवेणी गाउँपालिका–१ का २२ वर्षीय सुरज काउचा मगर, ३४ वर्षीय सन्तोषबहादुर थापा, १९ वर्षीय सागर थापा, १९ वर्षीय मनोज जंग कट्टेल र २२ वर्षीय दीपेन रोक्का रहेका छन । 

विनयी त्रिवेणी गाउँपालिका–१ स्थित बाग्लुङ कालिका क्रसर उद्योग भित्र आपसी विवाद हुँदा आज विनयी त्रिवेणी गाउँपालिका–२ का अन्दाजी २५ वर्षीय रुपेश महतोको मृत्यु भएको थियो । सुरज काउचा मगर र मृतक महतोबीच भएको विवादका कारण महतोको हत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ । यद्यपि यसबारे छानविन भइरहेको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप