बालाजु क्षेत्रमा शुक्रबार ७ घण्टा विद्युत् कटौती हुने
बिहीबार, ०४ असोज २०७५, २१ : २८
काठमाडौँ । सडक विस्तारका कारण बालाजु क्षेत्रमा शुक्रबार दिनभर विद्युत् कटौती हुने भएको छ ।
प्राधिकरण वालाजु वितरण केन्द्रका अनुसार शुक्रबार बिहान ८ बजेदेखि दिउँसो ३ बजेसम्म बिद्युत् कटौती हुने केन्द्र प्रमुख सुरज रेग्मीले जानकारी दिए ।
उनका अनुसार वनस्थली चोकदेखि बालाजु प्रहरी चौकीसम्म सडक विस्तारका लागि बालाजु सवस्टेशनबाट आपूर्ति हुने क्षेत्रमा विद्युत् कटौती हुनेछ ।
यस्तै बालाजु–धर्मस्थली फिडरअन्तर्गत पुरानो गुहेश्वरी, फूलबारी गेट, मुड्खु, बतासे डाँडा, धितालथोक, तिनपिप्ले, जरंखु, नेपालटार, मनमैजु, फुटुङ, जितपुर हुँदै छत्रेदेउरालीमा विद्युत् काटिने छ ।
यस्तै बालाजु–नागार्जुन फिडरबाट आपूर्ति हुने जनजागृति, रोटरी क्लब, टौडोल, शीतला स्कुल, रानीवन, बुद्धचोक, राधाकृष्ण हुँदै एकलटार क्षेत्रमा विद्युत् जाने प्राधिकरणले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लगातार तेस्रो दिन पनि घट्यो तेलको मूल्य
-
प्रतिनिधिसभामा राईको प्रश्न– सरकार,सुकुमबासी नागरिक होइनन् र ?
-
टेलिसिरियल ‘यो कथा होइन’ बन्ने, साउनदेखि प्रसारण
-
सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत के-के काम सम्पन्न भयो ?
-
सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक प्रतिनिधि सभाबाट पारित
-
सुकुमबासी समस्या समाधान गर्न सरकार गम्भीर भएन : जयन्तीदेवी राई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण