नजिबलाई थप २५ आरोप, सयौँ लाख डलर कारोबार गरेको भेटियो
क्वालालम्पुर । मलेसियाका पूर्व प्रधानमन्त्री नजिब रजाकलाई थप २५ विषयमा अनियमिततासम्बन्धी आरोप लगाइएको छ । राज्यको एउटा ठूलो लगानी कोषको दुरुपयोग गरेको, आर्थिक अपचलन गरेको र पद तथा शक्तिको दुरुपयोग गरेकोलगायतका आरोपहरू उनलाई लगाइएको हो ।
सयौँ लाख डलर उनको बैंक खाताबाट लेनदेन गरेको भेटिएको अनुसन्धानमा संलग्न अधिकारीहरूले बिहीबार जानकारी दिएका छन् ।
नजिबका समर्थकहरूले क्वालालम्पुर अदालत अगाडी नजिबको पक्षमा प्रदर्शन गरेका थिए । उनलाई लगाइएका आरोपहरूमध्ये केही आरोप गम्भीर प्रकृतिका भएको बताइएको छ ।
यिनै आरोपलाई निर्वाचनका समय प्रचार गरिएका कारण गत मे महिनामा भएको संसदीय चुनावमा पनि उनी पराजित भएका थिए । उनलाई पूर्व प्रधानमन्त्री महाथिर मोहम्मद नेतृत्वको गठबन्धनले पराजित गरेको हो ।
विगतमा नाजिवकै संरक्षक रहेका ९३ वर्षीय महाथिरले नाजिबले मुलुकलाई सही दिशातिर लैजान नसकेको भन्दै आफु फेरी राजनीतिमा फर्किनु परेको चुनावी नारा बनाएका थिए ।
आरोपहरू लगाइएपछि बिहीबार उनले अदालत बाहिर आयोजित पत्रकार सम्मेलन मार्फत् आफू दोषी नरहेको दावी गरे । उनले भने, ‘मलाई विश्वास छ की मैले सफाई पाउनेछु, कानूनको शासन अनुसार कामहरू हुनेछन् ।’
पूर्व प्रधानमन्त्री नजिबले आफू सत्यको पक्षमा लडिरहने र भगवानले सत्यलाई जिताउने विश्वास पनि व्यक्त गरे । उनलाई राज्यको लगानी कोषको दशौँ लाख रकम अनियमितता गरेको आरोपमा बुधबार पक्राउ गरिएको थियो ।
नजिब र उनका सहकर्मीहरूले राज्य कोषको दुरुपयोग गरेको भन्दै केही महिनादेखि अनुसन्धान भइरहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोल्हवी नगरपालिकाको अनुदान कटौती भएपछि कैयौँ योजना अलपत्र
-
बजेट ल्याएको आधा महिना बित्दा पनि रातो किताब आएन
-
त्रिवि सेवा आयोगका नवनियुक्त अध्यक्ष थापाले लिए शपथ
-
पाकिस्तानमा वर्षाजन्य घटनामा ११ जनाको मृत्यु, २७ घाइते
-
सानिमा बैंकद्वारा देशभरका १०५० गर्भवती तथा सुत्केरी महिलालाई स्वास्थ्य सेवा र पौष्टिक खाना वितरण
-
शिखर इन्स्योरेन्स आईक्यानको गोल्ड अवार्डबाट सम्मानित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण