पेस्तोल देखाएर ज्यान मार्ने धम्कीसँगै कुटपिट
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–२ रानीपुरमा एक समूहले कञ्चटमा पेस्तोल देखाएर एक दम्पत्तिलाई कुटपिट गर्नुका साथै ज्यान मार्ने धम्की दिएको छ ।
मदिरा सेवन गरी पेस्तोल देखार कुटपिट गरेको पीडित परिवाले बताएका छन् । विनोद साउँदको समूहले गोमती कार्की र उनका श्रीमान् नरबहादुर कार्कीलाई कञ्चटमा पेस्तोल तेस्र्याएर ज्यान मार्ने धम्की दिएको हो ।
साउँदको समूहले घर नजिकै सडक छेउमा बाँधेका गाईलाई चुट्न थालेपछि नचुट्न आग्रह गर्दा पेस्तोल तेस्र्याउँदै ज्यान मार्ने धम्कीसहित आफ्नो श्रीमतीलाई कुटपिट गरेको पीडित कार्कीले बताए । कुटपिट गरी घाइते बनाइएकी श्रीमतीलाई स्थानीय अस्पतालमा उपचार गराएको उनको भनाइ छ ।
कार्कीले न्यायका लागि अस्थायी प्रहरी पोष्ट वनशाहमा उजुरी दिएका छन् । अस्थायी प्रहरी चौकी वनशाहाका प्रहरी सहायक निरीक्षक शङ्कर भट्टले विनोद साउदको समूहको खोजी भइरहेको र खोजी गरी छानबिन गरिने वताए । सहायक निरीक्षक भट्टले साउदको खोजतलास गरिरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीटीइभीटीको एकेडेमिक काउन्सिलमा ४ जना विज्ञ नियुक्त
-
सुदूरपश्चिमका मुख्यमन्त्री शाहलाई ट्राफिक प्रहरीको चिट
-
काठमाडौँमा ‘ब्लू बस’ सेवा सञ्चालनको तयारी
-
२०२६ को जुनमा पर्यटक आगमन गत वर्षको तुलनामा १९.५ प्रतिशत वृद्धि
-
‘सास फेर्ने ठाउँ’ खोज्दैछ बैंकिङ क्षेत्र, निजी क्षेत्रसँग छैनन् ठोस एजेन्डा
-
‘फेरि रेशम फिलिली’ विवाद : अभिनेता विनय श्रेष्ठविरुद्ध निर्माता रौनक विक्रम पुगे अदालत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण