मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

पेस्तोल देखाएर ज्यान मार्ने धम्कीसँगै कुटपिट

बिहीबार, ०४ असोज २०७५, २१ : १८
बिहीबार, ०४ असोज २०७५

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–२ रानीपुरमा एक समूहले कञ्चटमा पेस्तोल देखाएर एक दम्पत्तिलाई कुटपिट गर्नुका साथै ज्यान मार्ने धम्की दिएको छ । 

मदिरा सेवन गरी पेस्तोल देखार कुटपिट गरेको पीडित परिवाले बताएका छन् । विनोद साउँदको समूहले गोमती कार्की र उनका श्रीमान् नरबहादुर कार्कीलाई कञ्चटमा पेस्तोल तेस्र्याएर ज्यान मार्ने धम्की दिएको हो । 

साउँदको समूहले घर नजिकै सडक छेउमा बाँधेका गाईलाई चुट्न थालेपछि नचुट्न आग्रह गर्दा पेस्तोल तेस्र्याउँदै ज्यान मार्ने धम्कीसहित आफ्नो श्रीमतीलाई कुटपिट गरेको पीडित कार्कीले बताए । कुटपिट गरी घाइते बनाइएकी श्रीमतीलाई स्थानीय अस्पतालमा उपचार गराएको उनको भनाइ छ । 

कार्कीले न्यायका लागि अस्थायी प्रहरी पोष्ट वनशाहमा उजुरी दिएका छन् । अस्थायी प्रहरी चौकी वनशाहाका प्रहरी सहायक निरीक्षक शङ्कर भट्टले विनोद साउदको समूहको खोजी भइरहेको र खोजी गरी छानबिन गरिने वताए । सहायक निरीक्षक भट्टले साउदको खोजतलास गरिरहेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप