सहमतिपछि यातायात सञ्चालन, पेट्रोलको समस्या पनि सहज हुने
बुटवल । मुलुकी संहितामा सवारी चालकका लागि ल्याइएको प्रावधानको विरोध गर्दै आन्दोलनरत् सवारी चालक मजदुर र प्रशासनबीच आज सहमतिपछि यातायात सञ्चालन भएको छ ।
जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा यातायात व्यवसायी र मजदुर सङ्गठनका प्रतिनिधिबीच भएको वार्तामा सवारी साधन र चालकको सुरक्षा प्रशासनले गर्ने गरी गाडी सञ्चालन गर्ने सहमतिपछि सवारी साधन चल्न थालेका छन् ।
चालकहरुले सरकारले कानूनमा चालकहरुलाई जन्मकैदको अवधि धेरै बनाएको विरोधमा गाडी थन्क्याएर आन्दोलन गरेका थिए । गाडी नचल्दा यात्रु मर्कामा परेकाले आजैदेखि गाडी सञ्चालन गर्ने सहमति भएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले बताए ।
सवारी साधनको नम्बर र चालकको नामावली प्रशासनमा बुझाउने तथा गाडी चलाउन आनाकानी गर्ने व्यवसायी र मजदुरको अनुमतिपत्र १५ दिनसम्म निलम्बन गर्ने समेत सहमति भएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ ।
यता सवारी चालक मजदुरहरुको आन्दोलनका कारण रुपन्देहीलगायतका जिल्लाहरुमा पेट्रोलियम पदार्थको अभाव देखिएको छ । तीन दिनदेखि चालकहरु आन्दोलनमा उत्रिएपछि रुपन्देहीसहित विभिन्न जिल्लामा पेट्रोलियम पदार्थको अभाव भएको छ ।
पेट्रोलियम पदार्थको अभाव शुरु भएपछि जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा आज ट्याङ्कर चालक, व्यवसायी र पेट्रोलियम व्यवसायीको बैठक बसेको थियो । बैठकमा ट्याङ्कर चालहरुले अत्यावश्यकीय वस्तु पेट्रोलियम पदार्थको ढुवानी नरोक्ने प्रतिबद्धता जनाएका छन् ।
पश्चिामाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनका कार्यबाहक अध्यक्ष हिमाल गैरेले रुपन्देहीसहित यस क्षेत्रका अन्य जिल्लामा डिजेलको समस्या नभएको तर पेट्रोलको समस्या आजको सहमति कार्यान्वयन भएमा शुक्रबारदेखि सहज हुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ हुँदै
-
भेडा गोठालो गएका किशोरको चट्याङ लागेर मृत्यु, दुई जना घाइते
-
वर्षाका कारण कैलाली–कञ्चनपुरका धेरै स्थान डुबानमा
-
लोकतन्त्रका ऋषि : गिरिजाबाबु
-
भोजपुरमा जडीबुटीखेतीको लहर: अन्नबाली छाडेर चिराइतो र सतुवातर्फ आकर्षित हुँदै किसान
-
पूर्व–पश्चिम राजमार्गमा ‘हिट एन्ड रन’ : युवकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण