व्यवसायी ओझाको हत्या अभियोगमा तीनजना पक्राउ
कैलाली । कैलालीको जोशीपुर गाउँपालिका–१ का ३२ वर्षीय व्यवसायी रामप्रसाद ओझा (जैसी) को हत्या गरेको अभियोगमा पक्राउ परेका तीन जनालाई आज सार्वजनिक गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीमा आयोजित पत्रकार सम्मेलनमा व्यापारी ओझाको हत्या भएको घटनामा संलग्न भनिएका जोशीपुर गाउँपालिका–१ का गङ्गाराम चौधरी, राजकुमार डङ्गौरा चौधरी र टीकापुर नगरापालिका–८ का डम्बर चौधरीलाई सार्वजनिक गरिएको हो ।
यी अभियुक्तहरुले गएको भदौ २८ गते राति जोशीपुर गाउँपालिका–१ स्थित आफ्नै घरमा पसल सञ्चालन गर्दै आएका ओझाको पसलमा गई निजको हत्या गर्नाका साथै पसलबाट नगद लगायतका सामान चोरी गरी फरार भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीले जानकारी दिए ।
निजहरुको साथबाट मृतक ओझाले प्रयोग गर्ने एक थान मोबाइल, सिमकार्ड र घटनापछि भारततर्फ जान लागेका अभियुक्त रामकुमार चौधरीको साथबाट भारतीय रुपैयाँ सात हजार ११० समेत बरामद गरिएको प्रहरीले जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गौरव र पहिचान बन्दै हेटौँडाको सहिद स्मारक
-
नाटोसँगको सम्बन्ध ‘एकतर्फी’ र ‘हास्यास्पद’ रहेको ट्रम्पको टिप्पणी
-
एक महिनामा ८० हजार विदेशी पर्यटक मुस्ताङ भित्रिए
-
मोड्रिचको बिदाइमा भावुक बने प्रशिक्षकहरू, रोनाल्डोले दर्शाए आत्मीयता
-
आज २५ अर्बको ऋणपत्र जारी हुँदै
-
विपक्षीले उठायो मुख्यमन्त्रीमाथि नैतिकताको प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण