शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

प्रेम गरेको भन्दै युवतीलाई बीच सडकमै यसरी कुट्यो समाजले (भिडियोसहित)

बिहीबार, ०५ साउन २०७४, १७ : ५२
बिहीबार, ०५ साउन २०७४

राधेश्याम विश्वकर्मा


रुपन्देही– यहाँस्थित मर्चवारमा भएको महिला हिंसाको एक गम्भीर घटनालाई प्रहरीले भद्रभलादमीको बहानामा पीडकलाई उन्मुक्ति दिएको रहस्य खुलासा भएको छ ।

प्रेम सम्बन्धमा रहेका २ जना प्रेमीहरुको भेद खुल्दा किशोरीले अमानवीय यातना भोग्नु परेको छ । प्रेम सम्बन्धकै कारण किशोरीलाई उनको परिवार र छिमेकी समेतले चरम यातना दिएको भिडियो सार्वजनिक भएपनि प्रहरीले पीडकलाई कुनै कारवाही नगरी छोडेपछि यो घट्नाको चौतर्फि अलोचना र विरोध भइरहेको छ । 


बालछोरी प्रेम सम्बन्धमा रहेको थाहा पाएपछि उनका बाबु, दाजुभाई र छिमेकीले समेत क्रुर तरिकाले उनलाई लाठी, मुक्का लगायतले प्रहार गरेको भिडियो सार्वजनिक भएको छ ।


घटना हो–रुपन्देहीको मर्चवारको । मर्चवारको सम्मरीमाई गाउँपालिका वडानम्बर ६ डिहुलीका एक स्थानीय यादव थरकी बालिकाको बालविवाह भएको थियो । पछि उनी आफ्नै गाउँका २० बर्षिय दिनेश लोधको प्रेममा परिन् । प्रेम गर्नुको मूल्य पनि उनले ठूलै चुकाउनु पर्यो । प्रेममा रहेको थाहा पाएपछि उनका बाबु ईन्नर अहिर लगायत उनका परिवारले किशोरी र उनका प्रेमी लोधलाई फिल्मी शैलीमा चरम यातना दिएका थिए । घटना करिब १० दिन पहिलाको भएपनि स्थानीय युवाहरुले मोबाइलमा खिचेको भिडियो सार्वजनिक गरेपछि मात्र घटना बाहिर आएको हो । 


किशोरीलाई चरम यातना दिने उनका बाबु लगायत उनको परिवारले उल्टै केटा पक्षबाट जरिवाना तिराई पीडकलाई पुरस्कृत गरेका छन् । केटा दिनेश लोधले किशोरीको विवाहखर्च बापत नगद १ लाख केटीको बाबु ईन्नर यादवलाई बुझाएका छन । 


पीडकलाई छुटाउन एवम पुरस्कृत गराउन मर्चवारी माई गाउँपालिकाका अध्यक्ष केशव नन्दबनिया, सम्मरी माई गाउँपालिका वडानम्बर ६ का वडाध्यक्ष सत्यनारायण केवट र स्थानीय जनार्दन यादवको भूमिका मूख्य रहेको छ । स्थानीय जनताद्धारा निर्वाचित प्रतिनिधिहरुले पीडकलाई कारवाही गराउनुको सट्टा पिडकलाई पुरस्कृत गराएका छन् । 


पीडितलाई यातना दिने उनका बाबु तथा उनका परिवारलाई पनि प्रहरीले हिरासतमा लिए पनि कुनै कारवाही नगर्दा पीडित झन आहत भएकी छिन् । ईलाका प्रहरी कार्यालय मर्चवारका निमित्त प्रमुख नरिश्वर अर्यालले बाबु ईन्नर अहिरलाई हिरासतमा लिए पनि उनी पटक पटक बेहोस हुने, बरबराउने गरेका कारण स्थानीय भद्र भलादमीको रोहवरमा छाडिएको बताए । 


रुपन्देहीको मर्चवारमा किशोरी चरम यातनाको शिकार हुँदासम्म महिला हिंसा लगायत बिभिन्न क्षेत्रमा काम गर्ने अधिकारकर्मीहरु मौन छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप