शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

ट्रम्पसँग फेरी शिखर वार्ता गर्न किमलाई मुन र चीनको आग्रह

बिहीबार, ०४ असोज २०७५, २१ : ०६
बिहीबार, ०४ असोज २०७५

सोल । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ अनलाई अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पसँग फेरि शिखर बैठक गर्न दक्षिण कोरिया र चीनले सुझाव दिएका छन् । 

दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनले चाडै नै ट्रम्पसँग शिखर बैठक गर्न किमलाई बिहीबार आग्रह गरेका हुन् । दुई कोरियाको शिखर बैठकमा क्रममा मुनले किमसँग यस्तो अपेक्षा व्यक्त गरेको समाचारमा जनाइएको छ । 

तीन दिन अगाडी गत मंगलबारदेखि शिखर सम्मेलनका लागि उत्तर कोरियाको राजधानी प्योङ्योङ्मा रहनु भएका मुनले पत्रकार सम्मेलनम सम्वोधन गर्ने क्रममा ट्रम्पसँग किमले भेट्ने विषयलाई जोड दिए । 

मुनले आणविक निशस्त्रीकरणका लागि उत्तर कोरियाली नेता किमले पुनः प्रतिबद्धता जनाएको पनि जानकारी दिए । मुन र किमबीच यसैबर्ष मात्रै अहिलेसम्म तीन पटक बैठक भइसकेको छ । 

यसअघि गत अप्रिल २७ र मे २६ तारिखका दिन दुई कोरियाको शिखर वार्ता भएको थियो । 
त्यसैगरी किम र ट्रम्पबीच भने पहिलो पटक गत जुन १२ तारिखका दिन सिङ्गापुरमा ऐतिहासिक शिखर बैठक भएको थियो । 

अमेरिकी राष्ट्रपति ट्रम्पसँग दोस्रो शिखर बैठक गर्न चीनको विदेश मन्त्रालयले पनि बिहीबार किमलाई आग्रह गरेको छ । दुई कोरियाका शीर्ष नेताहरूको बैठक प्योङ्याङ्मा भइरहेकै बेला चीनको विदेश मन्त्रालयका प्रवक्ताले ट्रम्पसँग पनि शिखर बैठक फेरी गर्न किमलाई आग्रह गरेका हुन् । 

कोरियाली शिखर बैठकपछि जारी संयुक्त घोषणापत्रमा आणविक निशस्त्रीकरणप्रति चरणवद्ध रूपले अगाडी बढ्ने प्रतिबद्धता पुनः जनाइएकोमा चीनले खुशी व्यक्त गरेको छ । सिङ्गापुरमा भएको यसअघिको सहमती अनुसार नै अमेरिकाले पनि थप कदमहरू चाल्ने चीनले अपेक्षा गरेको जनाएको छ । 

चीनको विदेश मन्त्रालयका प्रवक्ता गेङ शुङले भने, ‘उत्तर कोरिया र अमेरिकाका शीर्ष नेताले एक अर्कासँग छिट्टै वार्ता गर्ने विश्वास लिइएको छ ।’ यसैबीच अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले उत्तर कोरियासँग नयाँ चरणको सम्झौता गर्न अमेरिकाले आन्तरिक तयारी गरिरहेको बुधबार बताएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप