ट्रम्पसँग फेरी शिखर वार्ता गर्न किमलाई मुन र चीनको आग्रह
सोल । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ अनलाई अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पसँग फेरि शिखर बैठक गर्न दक्षिण कोरिया र चीनले सुझाव दिएका छन् ।
दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनले चाडै नै ट्रम्पसँग शिखर बैठक गर्न किमलाई बिहीबार आग्रह गरेका हुन् । दुई कोरियाको शिखर बैठकमा क्रममा मुनले किमसँग यस्तो अपेक्षा व्यक्त गरेको समाचारमा जनाइएको छ ।
तीन दिन अगाडी गत मंगलबारदेखि शिखर सम्मेलनका लागि उत्तर कोरियाको राजधानी प्योङ्योङ्मा रहनु भएका मुनले पत्रकार सम्मेलनम सम्वोधन गर्ने क्रममा ट्रम्पसँग किमले भेट्ने विषयलाई जोड दिए ।
मुनले आणविक निशस्त्रीकरणका लागि उत्तर कोरियाली नेता किमले पुनः प्रतिबद्धता जनाएको पनि जानकारी दिए । मुन र किमबीच यसैबर्ष मात्रै अहिलेसम्म तीन पटक बैठक भइसकेको छ ।
यसअघि गत अप्रिल २७ र मे २६ तारिखका दिन दुई कोरियाको शिखर वार्ता भएको थियो ।
त्यसैगरी किम र ट्रम्पबीच भने पहिलो पटक गत जुन १२ तारिखका दिन सिङ्गापुरमा ऐतिहासिक शिखर बैठक भएको थियो ।
अमेरिकी राष्ट्रपति ट्रम्पसँग दोस्रो शिखर बैठक गर्न चीनको विदेश मन्त्रालयले पनि बिहीबार किमलाई आग्रह गरेको छ । दुई कोरियाका शीर्ष नेताहरूको बैठक प्योङ्याङ्मा भइरहेकै बेला चीनको विदेश मन्त्रालयका प्रवक्ताले ट्रम्पसँग पनि शिखर बैठक फेरी गर्न किमलाई आग्रह गरेका हुन् ।
कोरियाली शिखर बैठकपछि जारी संयुक्त घोषणापत्रमा आणविक निशस्त्रीकरणप्रति चरणवद्ध रूपले अगाडी बढ्ने प्रतिबद्धता पुनः जनाइएकोमा चीनले खुशी व्यक्त गरेको छ । सिङ्गापुरमा भएको यसअघिको सहमती अनुसार नै अमेरिकाले पनि थप कदमहरू चाल्ने चीनले अपेक्षा गरेको जनाएको छ ।
चीनको विदेश मन्त्रालयका प्रवक्ता गेङ शुङले भने, ‘उत्तर कोरिया र अमेरिकाका शीर्ष नेताले एक अर्कासँग छिट्टै वार्ता गर्ने विश्वास लिइएको छ ।’ यसैबीच अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले उत्तर कोरियासँग नयाँ चरणको सम्झौता गर्न अमेरिकाले आन्तरिक तयारी गरिरहेको बुधबार बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नोर्ड स्ट्रिम पाइपलाइन विस्फोट प्रकरण : युक्रेनी नागरिकविरुद्ध जर्मनीमा मुद्दा दायर
-
म्याग्दीको अलपत्र दरवाङ-निस्कोट सडकखण्ड पाँच वर्षपछि सम्पन्न
-
पहिलो हाफमा अमेरिकालाई अग्रता
-
‘निर्ममतापूर्वक योग्य फ्याकल्टी मात्र राख्छौँ, राजनीतिमुक्त स्वायत्तता नै हाम्रो शक्ति हो’
-
पाल्पामा डीएपीप्रति किसानको आकर्षण बढ्दो, युरियाको प्रयोग घट्दै
-
राष्ट्रिय सभा बैठक: नौ मन्त्रालयको बजेट शीर्षकमाथि छलफल हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण