बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

सडक दुर्घटना छानविनका लागि समिति बनाउन माग

बिहीबार, ०४ असोज २०७५, २१ : ०२
बिहीबार, ०४ असोज २०७५

काठमाडौँ । नेपाल यातायात मजदुर सङ्घले सडक दुर्घटना छानविनका लागि स्थानीयस्तरबाटै समिति बनाउन माग गरेको छ । सङ्घका अध्यक्ष धर्मराज भण्डारीले आज एक विज्ञप्ति जारी गरी स्थानीयस्तरमै सडक दुर्घटना छानविन समितिमा गठन गरी उक्त समितिमा मजदुरको प्रतिनिधित्व गराउन माग गरेको हो । 

‘सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को संशोधनमा चालकले सवारी दुर्घटना गरी सवारीभित्र वा सवारी बाहिर मृत्यु भएमा दण्ड सजाय अत्यधिक राखिएकाले चालक भयभित भएको भन्दै संशोधन बुँदा तत्काल निलम्वन गर्नुपर्छ’, विज्ञप्तिमा भनिएको छ । 

सङ्घले सवारी तथा यातायात व्यवस्था ऐन २०४९ संशोधन भई कार्यान्वयनमा ल्याउन खोज्दा हाल देशभर सवारी चालक आन्दोलनमा उत्रिएको भन्दै यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ संशोधनको विषयमा केन्द्रीय तहबाट वार्ता गर्न मागसमेत गरेको छ । 

सङ्घले छ महिनामा छ पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएका कारण दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि भई आम जनतालाई जीवनयापन गर्न नसक्ने अवस्था सिर्जना भएकाले पेट्रोलियम पदार्थको मूल्य वृद्धि तत्काल फिर्ता गर्नुपर्नेमा जोड दिएको छ । 

यस्तै सरकारले वैशाखदेखि समिति खारेज गरेर हजारौँ मजदुर कर्मचारीको रोजीरोटी खोसिएको भन्दै सङ्घले मजदुरलाई रोजीरोटीको व्यवस्था गर्न सरकारसँग मागसमेत गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप