घुस लिएको अभियोगमा दुई जना पक्राउ
पर्सा । विद्यालयको अनुमतिपत्र दिन रु एक लाख घुस लिएको अभियोगमा दुई जना कर्मचारीलाई अख्तियारको टोलीले आज वीरगञ्जबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा महानगरपालिकाका शिक्षा समन्वय इकाइका प्रमुख मञ्जुर आलम र शाखा अधिकृत शशिभुषण साह रहेका छन् । अख्यितार दुरुपयोग अनुसन्धान आयोग मकवानपुरबाट खटिएको टोलीले दुबै जनालाई पक्राउ गरेको हो ।
फुर्कान इन्टरनेशनल एकेडमीको अनुमति दिनका लागि आलम र साहले माग गरेको रु पाँच लाखमध्ये रु एक लाख लिन वीरगञ्जको लाठगलीस्थित एक होटलमा पुगेका पर्साको छिपहरमाई गाउँपालिका–२ सम्भौताका अरुणकुमार साहलाई रुपैयाँसहित अख्यितारको टोलीले पक्राउ गरेको थियो ।
साहले दिएको जानकारीका आधारमा वीरगञ्ज महानगरपालिकाको कार्यालयबाट दुवै जना कर्मचारीलाई नियन्त्रणमा लिएको बताइएको छ ।
रुपैयाँ लिन होटलमा पुगेका अरुण शाखा अधिकृत साहका भाञ्जा रहेको अख्तियारले जनाएको छ । पक्राउ गरिएका आलम र साहलाई आवश्यक अनुसन्धानका लागि मकवानपुर लगिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्य ह्वात्तै बढ्यो
-
अरब सागरमा अमेरिकी नौसेनाको हेलिकोप्टर आकस्मिक अवतरण, एक चालक दल सदस्य बेपत्ता
-
राम मन्दिरबाट दान चोरी प्रकरण: अनुसन्धानको जिम्मा सीबीआईलाई दिने तयारी
-
विमानस्थलबाट व्यापारी पक्राउ, जुत्ता र कपडा भनेर कार्गोमा सुनचाँदीका गहना अमेरिका लैजाने प्रयास
-
पूर्वमन्त्री बस्नेतसहित १६ जना विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ सुरु
-
किभमा रूसको मिसाइल र ड्रोन आक्रमणमा कम्तीमा ८ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण