शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

हामीहरुको शरीरको वजन घट्दा कम भएको बोसो आखिर जान्छ कहाँ ?

बिहीबार, ०४ असोज २०७५, १९ : ५४
बिहीबार, ०४ असोज २०७५

बीबीसी– स्कुलमा भौतिक र रसायन विज्ञानका शिक्षकले ‘उर्जा कहिले पनि नष्ट हुँदैन खालि एक रुपबाट अर्को रुपमा बदलिन्छ’ भनेर पढाउँछन् । त्यसो भए तपाईले कहिले सोच्नु भएको छ कि हाम्रो शरीरको वजन घट्दा शरीरको बोसो कहाँ जान्छ ? 

वजन घटाउने बारेमा धेरै मानिसहरु सोच्छन् । केहीले मिहिनेत गरेर साँच्चैनै बोसो घटाउँछन् पनि । तर त्यो शरीरबाट घटेको बोसोको के हुन्छ ? यो एक ठूलो प्रश्न हो । र यसको उत्तर निक्कै कम मानिसलाई मात्र थाहा छ । यहाँ सम्मकि स्वास्थकै क्षेत्रमा काम गर्ने मानिसहरु समेत यसबारे अनविज्ञ रहेका हुन्छ ।

यो कुरा अष्ट्रेलियामा गरिएको एक सानो सर्वेक्षणको क्रममा थाहा पाइएको हो । स्वास्थ्य दुनियाँमा दख्खल राख्ने करिब १५० भन्दा बढी मानिसहरुलाई यो प्रश्न सोधिएको यियो । अष्ट्रेलियामा सिड्नीमा रहेको युनिभर्सिटी अफ साउथ वेल्सका प्रध्यापक एण्ड्रयू ब्राउन र अनुसन्धानदाता रुबेन मिरमान पनि ती मानिसहरु मध्ये हुन्, जसलाई शरीरको बोसो आखिर कहाँ जान्छ भनेर सोधिएको थियो । 

यो प्रश्नको धेरै खालका जवाफ आयो । त्यीनमध्ये ९८ % जवाफ गलत थियो । त्यीनमध्ये केही निक्कै रमाइला थिए भने केही निक्कै अचम्म खालका ।  धेरैजसोले हामीले घटाउने बोसो उर्जामा बदलिने बताएका छन् । तर यस्तो हुन सम्भव थिएन, किनकि यसबाट पदार्थको संरक्षणको नियम उल्लघंन हुन्थ्यो ।  

त्यसो भए खासमा के हुन्छ त ?

केही मानिसहरुले बोसो मांसपेशी बदलिने बताए । यो पनि सम्भव छैन । उता केही मनिसहरुले शरीरबाट घटेको बोसो दिसाको रुपमा हाम्रो शरीरबाट बाहिर जाने बताएका छन् ।  पाचन क्रिया र वजन घटाउने बारेमा पहिले देखिनै धेरै भ्रम रहेको छ । त्यस्तै भ्रम घटाइएको बोसो कहाँ जान्छ भन्नेमा पनि रहेको छ । 

यसको जवाफ दिएका छन् प्रथ्यापक एण्ड्रयू ब्राउन र अनुसन्धानकर्ता रुबेन मीरमानले ।  ब्रिटिश मेडिकल जर्नलमा उनीहरुले यस प्रश्नको जबाफ समेटेर आलेखनै प्रकाशित गरेका छन् । यहाँ उनीहरुको जवाफलाई संक्षिप्त पारेर दिइएको छ । 

खासमा बोसो कार्बनडाइअक्साइड र पानीमा बदलिन्छ ।  कार्बनडाईअक्साईड हामी सास छोड्दा शरीरबाट बाहिर निकाल्छौं । जहाँ पानीको कुरा छ यो विभिन्न शारिरिक क्रियाहरुबाट हुदैं अन्तमा पिसाबको रुपमा बाहिर जान्छ । 

हामीले जति जे खान्छौं त्यो कार्बनडाइअक्साइडको रुपमा हाम्रो फोक्सोबाट बाहिर फालिन्छ । विशेषज्ञहरुका अनुसार हामीले खाने जुनसुकै कार्बोहाइड्रेट र बोसो कार्बनडाईअक्साइड र पानीमा विखण्डन हुन्छ । साथमा अल्कोहलमा पनि बदलिन्छ । 

यही प्रक्रिया प्रोटिनमा पनि हुन्छ । हुनत केही कुरा यूरिया र अन्य ठोसको रुपमा पनि बदलिन्छ र पछि दिसाको रुपमा, पसिनाको रुपमा या यूरियाको रुपमा शरीरबाट बाहिर निक्लन्छ । 

अन्तमा फाइबरमात्र पेटसम्म पुग्छ र त्यो पाचन प्रक्रियामा बाँचेको अवशेष दिसाको रुपमा बाहिर आउँछ ।  स्वासमार्फत बोसो निक्लने भए केहीलाई लाग्लाकि हामीले छिटो–छिटो सास फेर्दा पनि बोसो घट्छकि भनेर ?

तर त्यस्तो हुँदैन । प्रध्यापक एण्ड्रयू ब्राउन र अनुसन्धानदाता रुबेन मीरमान यस्तो गर्नु खतरनाक भएको बताउँछन् । उनीहरुका अनुसार यस्तो कार्यले व्यक्तिलाई चक्कर आउनसक्छ र व्यक्ति बेहोश समेत हुनसक्छ । 

बजन घटाउने सबैभन्दा स्वस्थ तरिका भनेको खानामा क्यालोरीको मात्रा घटाउने र शारिरिक गतिविधि बढाउने हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप