बिहीबार, १८ असार २०८३
ताजा लोकप्रिय

अख्तियारको दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा घिमिरे नियुक्त

बिहीबार, ०४ असोज २०७५, १९ : ३८
बिहीबार, ०४ असोज २०७५

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा नविनकुमार घिमिरलेलाई नियुक्त गरेकी छन् ।

बिहिबार संवैधानिक परिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले घिमिरेलाई आयोगको प्रमुख आयुक्तमा नियुक्त गरेकी हुन् ।

घिमिरे संविधानको धारा २३८ को उपधारा (२) बमोजिम प्रमुख आयुक्त पदमा नियुक्त भएका हुन् । त्यसअघि घिमिरेलाई प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले  पद तथा गोपनीयताको शपथ गराएका थिए । 

राष्ट्रपति कार्यालय शीतल निवासमा आज साँझ आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थितिमा नवनियुक्त घिमिरेलाई पद तथा गोपनीयताको शपथ गराइएको हो । घिमिरे यसअघि आयोगको कार्यबाहक प्रमुख आयुक्तको जिम्मेवारीमा थिए ।  

समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा, कानून न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाल, मुख्य सचिव, सचिवहरु, सुरक्षा निकायका प्रमुखलगायतको उपस्थिति थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप