मुलुक समृद्धिको यात्रामा अगाडि बढेको छः मन्त्री बाँस्कोटा
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मुलुक समृद्धिको यात्रामा गइसकेकाले यसलाई कसैले चाहेर पनि रोक्न नसक्ने बताएका छन् ।
संविधान दिवसका अवसरमा आज रेडियो नेपालमा आयोजित जागरण गीत सम्मेलनको उद्घाटन गर्दै उनले भने, ‘समृद्धि एकै पटक आउने कुरा होइन, मुलुकको विकास गरी सरकार समृद्धिको यात्रामा अगाडि बढेको छ ।’
मन्त्री बाँस्कोटाले राजनीतिक लडाईं सकिएकाले अब गरीबी, भ्रष्टाचार र ढिलासुस्तीविरुद्धको अभियानमा सरकार लागेको बताए ।
उनले नेपालको कला संस्कृति विश्वकै उत्कृष्ट भएकाले यसलाई जोगाउनुपर्ने आवश्यकतामाथि जोड दिए ।
रेडियो नेपालका कार्यकारी निर्देशक सुरेश कार्कीले मुलुकको राजनीतिक परिवर्तनमा कलाकारले महत्वपूर्ण भूमिका निर्वाह गरेको धारणा व्यक्त गरे ।
जनवादी गायक जेवी टुहुरेले मुलुक परिवर्तन गर्न पहिले जनवादी गीत गाउँदा पक्राउ परे पनि अहिले सुरक्षाकर्मीसँग मिलेर परिवर्तनका गीत गाउँदा खुशी लागेको बताए ।
कार्यक्रममा मधु गुरुङ लगायतका समूहले ‘गाउँगाउँबाट उठ, बस्ती बस्तीबाट उठ’, नेपाल प्रहरीको समूहले ‘हिमालको हाँसो, तराईको आँगन, पहाडको सिरानी, नेपाल मेरा चार किल्लाभित्र कोही छैन विरानी’, जेवी टुहुरेले ‘फेरि हामी एकचोटी उठ्नुपर्ने भयो, देशभक्त सबै जुट्नुपर्ने भयो’ तथा किरण प्रधानले ‘जो देशलाई ठूला ठान्दैन, परि आउँदा मन मान्दैन, ऊ नेपाली हुन सक्दैन’ लगायत जागरण गीत गाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारका १०० दिनः कर्मचारीलाई १५ दिनमा तलबदेखि पेन्सनमा राहतसम्म
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य (सूचीसहित)
-
एक हजार ४२ जनामा डेंगु सङ्क्रमण पुष्टि, दुई जनाको मृत्यु
-
१० खेलाडीमा सीमित अमेरिका अन्तिम १६ मा
-
खुर्सानीखेतीमा होमिएका नवीन: वार्षिक २३ लाखको कारोबार, युवाहरूका लागि प्रेरणा
-
बालेन सरकारको ‘जान्नेलाई छान्ने’ तरिका गजबको रहेछ: शंकर पोखरेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण