ईटहरीमो सपिङ्गमल ‘सेन्ट्रल प्लाजा’ र सिनेमा हल ‘सिनेफ्लिक्स चाँडै खुल्दै
काठमाडौं । श्रेष्ठ ईन्टरटेनमेन्ट एण्ड हस्पीटालिटीले ईटहरीको केन्द्रमा पहिलो आकर्षक सपिङ्ग मल सेन्ट्रल प्लाजा र अत्याधुनिक सुविधा युक्त उच्च गुणस्तरको सिनेमा हल सिनेफ्लिक्स खोल्ने भएको छ ।
बजारमा रहेको १० तल्ले यस सेन्ट्रल मलको ग्राउन्ड फल्लोर देखि तेस्रो तल्ला सम्ममा अन्तर्राष्ट्रिय ब्रान्डको पसलहरु रहनेछन् जहाँ संसारका फेसन ट्रेन्डको थरिथरिका लुगाहरु पाइनेछ र भवनको चाँैथो तल्लामा फुड कोर्ट, गेमिङ्ग जोन र किड जोन रहनेछ ।
सिनेफ्लिक्स मल्टिप्लेक्स यो भवनको पाँचौ तल्लामा रहेको छ । ईटहरीमा पहिलो पटक बनाइएको लक्जरी मल्टिप्लेक्स मा दुई वटा स्क्रिन रहनेछ । २४० सीट क्षमताको उक्त मल्टिप्लेक्सको स्क्रिनहरुमा पछिल्ला सबै हिन्दी, नेपाली र इङ्गलिस सिनेमाहरु थ्रीडीमा हेर्न पाइनेछ ।
हलमा पाईने अत्याधुनिक प्रविधिको सुविधायुक्त फुल एयर कन्डिसन भएको कोठाहरु र आरामदायी सीटहरुले फिल्म हेर्न आउने दर्शकहरुलाई नौलो र रमाइलो अनुभव गराउनेछ ।
सेन्ट्रल प्लाजाको ६, ७, ८ र ९ तल्लामा श्रेष्ठ ईन्टरटेनमेन्ट एण्ड हस्पीटालिटीको नयाँ लगानीको होटल भरन्डा खोलिने छ । यो होटलमा ३६ आकर्षित कोठाहरु हुनेछन् र सबै कोठामा ईटहरी शहरको दृश्य देख्न सकिने भरन्डाको व्यवस्था हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
-
बारा र खोटाङसहितका जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता असार ७ सम्म अद्यावधिक गर्न सकिने
-
पूर्वआयोजक र युरोपेली डार्क हर्सबिच मध्यराति भिडन्त
-
कोशीको आर्थिक वृद्धिदर ३.१३ प्रतिशत पुग्ने अनुमान, प्रतिव्यक्ति आम्दानी १,४१० डलर (पूर्णपाठ)
-
एकताको नारामा संस्थापनविरुद्ध एक हुँदै कांग्रेसको इतर पक्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण