शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

ईटहरीमो सपिङ्गमल ‘सेन्ट्रल प्लाजा’ र सिनेमा हल ‘सिनेफ्लिक्स चाँडै खुल्दै

बिहीबार, ०४ असोज २०७५, १९ : २३
बिहीबार, ०४ असोज २०७५

काठमाडौं । श्रेष्ठ ईन्टरटेनमेन्ट एण्ड हस्पीटालिटीले ईटहरीको केन्द्रमा पहिलो आकर्षक सपिङ्ग मल सेन्ट्रल प्लाजा र अत्याधुनिक सुविधा युक्त उच्च गुणस्तरको सिनेमा हल सिनेफ्लिक्स खोल्ने भएको छ ।

बजारमा रहेको १० तल्ले यस सेन्ट्रल मलको ग्राउन्ड फल्लोर देखि तेस्रो तल्ला सम्ममा अन्तर्राष्ट्रिय ब्रान्डको पसलहरु रहनेछन् जहाँ संसारका फेसन ट्रेन्डको थरिथरिका लुगाहरु पाइनेछ र भवनको चाँैथो तल्लामा फुड कोर्ट, गेमिङ्ग जोन र किड जोन रहनेछ । 

सिनेफ्लिक्स मल्टिप्लेक्स यो भवनको पाँचौ तल्लामा रहेको छ । ईटहरीमा पहिलो पटक बनाइएको लक्जरी मल्टिप्लेक्स मा दुई वटा स्क्रिन रहनेछ । २४० सीट क्षमताको उक्त मल्टिप्लेक्सको स्क्रिनहरुमा पछिल्ला सबै हिन्दी, नेपाली र इङ्गलिस सिनेमाहरु थ्रीडीमा हेर्न पाइनेछ ।

हलमा पाईने अत्याधुनिक प्रविधिको सुविधायुक्त फुल एयर कन्डिसन भएको कोठाहरु र आरामदायी सीटहरुले फिल्म हेर्न आउने दर्शकहरुलाई नौलो र रमाइलो अनुभव गराउनेछ । 

सेन्ट्रल प्लाजाको ६, ७, ८ र ९ तल्लामा श्रेष्ठ ईन्टरटेनमेन्ट एण्ड हस्पीटालिटीको नयाँ लगानीको होटल भरन्डा खोलिने छ । यो होटलमा ३६ आकर्षित कोठाहरु हुनेछन् र सबै कोठामा ईटहरी शहरको दृश्य देख्न सकिने भरन्डाको व्यवस्था हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप