शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालको संविधान विश्वकै उत्कृष्ट : निधि

बिहीबार, ०४ असोज २०७५, १९ : १३
बिहीबार, ०४ असोज २०७५

काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गराउन सबै पक्षलाई आह्वान गरेका छन् ।  उपसभापति निधिले जनताको व्यापक सहभागितामा निर्माण गरिएको नेपालको संविधान विश्वकै उत्कृष्ट रहेको उल्लेख गर्दै त्यसलाई सुदृढ बनाउन सबै पक्षलाई लाग्न आह्वान गरेका हुन् । 

बिहिबारबाट काठमाडौंको बसन्तपुरमा सुरु भएको ‘लोकतन्त्र मेला’ लाई सम्बोधन गर्दै उनले मुलुकलाई समृद्ध बनाउन पनि संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउनुको विकल्प नरहेको पनि स्पष्ट पारे ।
उपसभापति निधिले संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउन अन्तर्राष्ट्रिय समुदायको सहयोगको आवश्यक्तामा पनि जोड दिए । 

संविधान दिवसको अवसर पारेर आयोजना गरिएको तीन दिने लोकतन्त्र मेलामा लोकतन्त्रका लागि आवश्यक सन्दभ सामग्रीसहितको स्टल पनि राखिएको छ । लोकतन्त्र, संघीय लोकतान्त्रिक गणतन्त्रको महत्वमाथि प्रकाश पार्ने उद्देश्यका साथ राष्ट्रियसभा अन्तरगतको विधायन व्यवस्थापन समितिले सो मेलाको आयोजना गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप