नेपालको संविधान विश्वकै उत्कृष्ट : निधि
काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गराउन सबै पक्षलाई आह्वान गरेका छन् । उपसभापति निधिले जनताको व्यापक सहभागितामा निर्माण गरिएको नेपालको संविधान विश्वकै उत्कृष्ट रहेको उल्लेख गर्दै त्यसलाई सुदृढ बनाउन सबै पक्षलाई लाग्न आह्वान गरेका हुन् ।
बिहिबारबाट काठमाडौंको बसन्तपुरमा सुरु भएको ‘लोकतन्त्र मेला’ लाई सम्बोधन गर्दै उनले मुलुकलाई समृद्ध बनाउन पनि संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउनुको विकल्प नरहेको पनि स्पष्ट पारे ।
उपसभापति निधिले संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउन अन्तर्राष्ट्रिय समुदायको सहयोगको आवश्यक्तामा पनि जोड दिए ।
संविधान दिवसको अवसर पारेर आयोजना गरिएको तीन दिने लोकतन्त्र मेलामा लोकतन्त्रका लागि आवश्यक सन्दभ सामग्रीसहितको स्टल पनि राखिएको छ । लोकतन्त्र, संघीय लोकतान्त्रिक गणतन्त्रको महत्वमाथि प्रकाश पार्ने उद्देश्यका साथ राष्ट्रियसभा अन्तरगतको विधायन व्यवस्थापन समितिले सो मेलाको आयोजना गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका मुख्यमन्त्री शाहलाई ट्राफिक प्रहरीको चिट
-
काठमाडौँमा ‘ब्लू बस’ सेवा सञ्चालनको तयारी
-
२०२६ को जुनमा पर्यटक आगमन गत वर्षको तुलनामा १९.५ प्रतिशत वृद्धि
-
‘सास फेर्ने ठाउँ’ खोज्दैछ बैंकिङ क्षेत्र, निजी क्षेत्रसँग छैनन् ठोस एजेन्डा
-
‘फेरि रेशम फिलिली’ विवाद : अभिनेता विनय श्रेष्ठविरुद्ध निर्माता रौनक विक्रम पुगे अदालत
-
बीपी कोइराला क्यान्सर अस्पतालको अध्यक्षमा सिंह नियुक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण