‘तनहुँले अवसर गुमायो’: नेता जोशी
तनहुँ । नेपाली काङ्ग्रेसका पूर्वसहमहामन्त्री एवं पूर्वगृहमन्त्री गोविन्दराज जोशीले राष्ट्रिय राजनीतिक हैसियत बनाएको तनहुँले ती सबै अवसर गुमाएको बताएका छन् ।
तनहुँ सञ्चार सहकारी संस्थाद्वारा सञ्चालित दमौली एफ.एम. ९४.२ मेगाहर्ज तथा दमौली खबर राष्ट्रिय दैनिकको ११औँ वार्षिक साधारणसभाको आज दमौलीमा उद्घाटन गर्दै नेता जोशीले स्वार्थभन्दा माथि उठेर काम गर्न नसक्दा तनहुँले दुष्परिणाम भोग्नुपरेको बताए ।
‘असक्षम नेतृत्वका कारण सिङ्गो जिल्लावासीले दुःख पाएका छन्’, नेता जोशीले भने, ‘प्रजातन्त्रपछि नेपाली काङ्ग्रेसले जुन फड्को मार्नुपर्ने हो त्यो हुन सकेन ।’ उनले राज्यको चौथो अङ्गका रुपमा रहेको सञ्चारमाध्यमले तथ्यमा आधार रही निष्पक्ष ढङ्गले समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिए ।
जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले सञ्चारमाध्यमले पार्टीगतभन्दा माथि उठेर समाचार सम्प्रेषण गर्नुपर्ने बताए । सहायक प्रजिअ तुलसीराम पौडेलले आफ्नो पेशाप्रति इमान्दार र जिम्मेवार हुन पत्रकारलाई आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री सडकको होइन, देशको हुनुपर्छ : एमाले
-
महिलाको चरित्र हत्या गरेको आरोपमा २० वर्षीय युवक पक्राउ
-
तीन वटा स्मार्ट लाइसेन्स बनाएको आरोपमा एक पुरुष पक्राउ
-
पेट्रोलियम पदार्थको कृत्रिम अभाव गराउनेमाथि कारबाही गर्न माग
-
सरकारका १०० दिनः सुशासन, भ्रष्टाचार नियन्त्रण र सम्पत्ति छानबिनमा केन्द्रित
-
तरुण दलले कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्न ७७ जिल्लामा खटायो प्रतिनिधि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण