एनसेलद्वारा ‘रिचार्ज एण्ड विन’ अफर, १० भाग्यशालीले जिते जनही एक लाख
काठमाडौ । एनसेल प्राईभेट लिमिटेडले नजिकिँदै गरेको चाडपर्वको अवसरमा ल्याएको आकर्षक ‘रिचार्ज एण्ड विन’ अफर अन्र्तगत दोस्रो हप्ताका विजेताहरुलाई नगद पुरस्कार हस्तान्तरण गरेको छ । ‘रिचार्ज एण्ड विन’ १० हप्ता सम्ममा संचालनमा रहने अफर हो ।
दोस्रो हप्ताका विजेताहरु असोज २ गते टेलिभिजनबाट प्रत्यक्ष प्रशारण गरिएको लाईभ ड्र कार्यक्रम मार्फत छानिएका हुन् । दोस्रो हप्ताका १० भाग्यशाली विजेता ग्राहकहरु मध्ये दुई जनाले असोज ४ गते जनही नगद रु एक लाख पुरस्कार ग्रहण गरेका छन् ।
दोस्रो हप्ताका अन्य आठ विजेताहरुको पहिचान तथा प्रमाणित गर्ने काम भई रहेको छ र सो प्रक्रिया समापन भए लगत्तै काठमाडौं लगायत उपत्यका बाहिर अवस्थित एनसेल सेन्टरहरुबाट विजयीहरुलाई नगद पुरस्कार प्रदान गरिनेछ ।
एनसेलका चिफ स्ट्राटिजी अफिसर इरविन एम. युसुफले काठमाडौंमा आयोजित एक कार्यक्रम माझ दोस्रो हप्ताका दुई विजयीहरु नुवाकोटका कृष्णा कुमारी थापा र तनहुँका अर्जुन परियारलाई बिहिबार जनही एक लाख नगद पुरस्कार प्रदान गरेका हुन् ।
सोही कार्यक्रममा युसुफले पहिलो हप्ताका अन्य तीन जना भाग्यशाली विजयी ग्राहकहरुलाई पनि नगद पुरस्कार प्रदान गरेका छन् । धादिङ्गका रामहरी अर्याल, चितवनका राज कुमार गुरङ्ग र कुशल गुरुङ्गले पहिलो हप्ता अन्र्तगत जनही रु एक लाख जितेका थिए ।
‘रिचार्ज एण्ड विन’ अफर भाद्र १७ गतेबाट संचालनमा रहेको छ । यस योजनामा सप्ताहभर रु १०० वा सो भन्दा बढी रिचार्ज गर्ने एनसेलका सम्पूर्ण प्रिपेड तथा पोस्टपेड ग्राहकले आकर्षक नगद पुरस्कार जित्ने अवसर प्राप्त गर्दछन् ।
यो योजना अन्र्तगत प्रत्येक हप्ता १० जना विजयी ग्राहकले जनही खुद रु एक लाख नगद पुरस्कार पाउँछन् । नगद पुरस्कारमा लाग्ने कर कम्पनीले नै व्यहोर्दछ । यो योजना साप्ताहिक चक्रमा संचालन भईरहेको छ, जसको शुरुवात आइतबार हुन्छ भने समापन शनिबार हुन्छ ।
ग्राहकले आइतबार देखि शनिबार सम्मको अवधिमा गरेको प्रत्येक १०० बराबरको रिचार्जका आधारमा एसएमएस मार्फत एउटा कोड प्राप्त गर्छन् ।
प्रत्येक हप्ताको १० भाग्यशाली ग्राहकहरुको छनौट मंगलवार प्रत्यक्ष प्रशारण हुने लाइभ ड्र कार्यक्रम मार्फत गरिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'अब जनताले भन्नुपर्ने अवस्था आयो–भो, यस्तो सुशासन चाहिँदैन'
-
दुई दशकमा दुई पटक कारागारबाट भागेका ५८ वर्षीय मौर्य अन्ततः प्रहरीको नियन्त्रणमा
-
बेलायतमा नेपाल चिनाउने अभियान: वेल्समा बन्दैछ 'नेपाली भिलेज'
-
ललितपुरमा भन्सार छलीका तीनवटा गाडी बरामद, बेच्न खोज्ने दुई जना पक्राउ
-
नाम्खा गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
-
नेपालगञ्जको तापक्रम ४१ डिग्री पुग्ने अनुमान, पोखरासहितका सहरमा मध्यम वर्षा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण