बुटवलमा मेयर युवा इलम कार्यक्रम शुरु
बुटवल– बुटवल उप–महानगरपालिकले युवाहरुलाई लक्षित गरेर युवा स्वरोजगार तालिम सुरु गरेको छ । ‘मेयर युवा इलम’ नामको उक्त कार्यक्रममार्फत पहिलो चरणमा बुटवलका १९ वडाका ३ सय ६५ युवाहरुलाई इलम सिकाइने छ ।
इलम सिकेका युवाहरुलाई दक्षताका आधारमा रोजगारादाताहरुको सहकार्यमा रोजगारीसमेत दिनेगरी यस्तो तालिम सुरु गरिएको उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले जानकारी दिए ।
सुरुदेखि नै प्राथमिकता दिँदै आएको युवा स्वरोजगार कार्यक्रम यस क्षेत्रको नमुना कार्यक्रम मानिएको छ ।
पहिलो चरणको प्राविधिक तालिम सुरु गरिएको छ । बुटवलको समृद्धिका लागि बुटवल बासीकै योगदान र सहकार्य भन्ने मान्यताका साथ आफुहरुलाई तालिम प्रदायक र रोजगारदाताले समेत सहकार्य गर्न आएको मेयर सुवेदीको भनाइ छ ।
उक्त अभियानमा सहकार्य गर्ने दक्ष जनशक्ति उत्पादनलाई ध्यानमा राखेर यस्तो अभियान सुरु गरिएको हो । यो अभियानमा यसक्षेत्रका रोजगारदाता र प्राबिधिक शिक्षा केन्द्रहरुले उप–महानगरसँग सहकार्य गरेका छन् । तालिम लिन इच्छुकको विषय छानेर तिनै तालिम प्रदायककोमा पठाइनेछ । यस्तो तालिम कम्तिमा तीन महिनाको हुनेछ ।
उपप्रमुख गुमादेवी आचार्यले महिला र पुरुष दुबैको हाराहारी संख्यामा सहभागीहरु छनौट हुनु अर्को महत्वपूर्ण पाटो रहेको भन्दै समृद्ध, सभ्य र समावेशी बुटवल निर्माणको एउटा चरणनै बताईन् ।
रुपन्देही व्यापार संघका अध्यक्ष पदम श्रेष्ठ, उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष उज्वल कसँजू, उद्योग व्यापार संगठनका अध्यक्ष प्रविण पाठक, रुपन्देही उद्योग संघका बरिष्ठ उपाध्यक्ष बाबुराम बोहोरा, होटल तथा रेष्टुरेन्ट व्यवसायी संघका रोमाकान्त पाण्डेलगायतले दक्ष जनशक्तिको अभाव रहेको अवस्थामा उपमहानगरपालिकाले अतिनै सराहनीय कामको सुरुवात गरेको भन्दै प्रशंसा गरे ।
विभिन्न विषयमा समूह छुट्टयाएर तालिम दिन लागिएको बुटवलका सामाजिक शाखा प्रमुख भुवाप्रसाद लुइँटेलले बताए । हेवी मेसिन मर्मतदेखि फेसन डिजाइन सम्मका कामहरूबारे विशेष तालिम दिइने अधिकृत दामोदर ज्ञवालीले बताए ।
युवाहरुलाई हेभी हाइड्रोलिक सिस्टम (स्काभेटर, डोजर, ग्रेडर, रोलर, भाइब्रेटर) का उपकरणहरुको मर्मत गर्नेबारे तालिम दिइने छ । यो कामका लागि पहिलो चरणमा २५ जना युवाहरु छनौट भएका छन् । उनीहरुले यो चरणमा उजिरसिंह नगरको अटो भिलेजमा तीन महिना सिक्नेछन् ।
यस्तै अटो मेकानिक्सको आधारभूत तालिमका लागि २० जना युवाहरु छनौट भएका छन् । आधारभूतसहित हेभी साधान बनाउने तालिमलेहरुलाई पनि दक्षता र रुचीका आधारमा उपल्लो तहकोसमेत तालिम दिनेगरी तयारी भइरहेको उपमहानगरपालिकाले जनाएको छ ।
यसैगरी जनरल मेकानिक्समा २२ जना, विल्डिङ सोलार इलेक्ट्रिकल तालिमका लागि ३५ जना, होटल म्यानेजमेन्ट अन्तर्गतको कुक तालिमका लागि ८३ जना, एसी, रेफ्रिजरेटर मर्मतका लागि ५४ जना तथा पलम्बिङका लागि २० र फेशन डिजाइनरका लागि एक सय सातजना यो चरणमा छनौट भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्य ह्वात्तै बढ्यो
-
अरब सागरमा अमेरिकी नौसेनाको हेलिकोप्टर आकस्मिक अवतरण, एक चालक दल सदस्य बेपत्ता
-
राम मन्दिरबाट दान चोरी प्रकरण: अनुसन्धानको जिम्मा सीबीआईलाई दिने तयारी
-
विमानस्थलबाट व्यापारी पक्राउ, जुत्ता र कपडा भनेर कार्गोमा सुनचाँदीका गहना अमेरिका लैजाने प्रयास
-
पूर्वमन्त्री बस्नेतसहित १६ जना विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ सुरु
-
किभमा रूसको मिसाइल र ड्रोन आक्रमणमा कम्तीमा ८ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण