१४ औं दरबारमार्ग स्ट्रिट फेस्टिभल शनिवार हुँदै
काठमाडौं । १४ औं दरबारमार्ग स्ट्रिट फेस्टिभल शनिवार हुने भएको छ । टीभीएस मोटर्स इन्डिया र जगदम्बा मोटर्स नेपालको सहकार्य सुरु भएको तीन वर्ष पूगेको उपलक्ष्यमा फेस्टिभल हुने भएको हो । कार्यक्रममा इन्डियन र्यापस किङ्ग बादशाहले लाईभ पफर्मेन्स गर्दैछन ।
उक्त कार्यक्रममा नेपालका चर्चीत कलाकारहरु इन्दिरा जोशी, एडरे, एज व्याण्ड, बुगी उगीका टप थ्री तथा नेपाल आइडलका टप थ्री कलाकारहरुको प्रस्तुती रहनेछ । सो फेस्टीलमा खानाका स्टलहरुको साथै किड्स जोन पनि रहनेछ ।
उक्त दिनमा दर्वारमार्गका आउटलेटहरुमा डिस्काउन्टमा सपिङ्ग समेत गर्न सकिनेछ । यो कार्यक्रम आश्विन ६ गते १२ बजेबाट सुरु हुनेछ ।
उक्त कार्यक्रममा टीभीएस एनटर्कका पहिलो ५० जना ग्राहकहरुले बादशाहसँग भेट्ने अवसर प्राप्त गर्नेछन् ।
साथै कार्यक्रमको आकर्षणको रुपमा मिरर डान्स, रक क्लाइम्वीङ्ग रहनेछ र एक जना भाग्यसाली दर्शकलाई बम्पर प्राइज स्वरुप टीभीएसको एनटर्क स्कुटर प्रदान गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक हजार ४२ जनामा डेंगु सङ्क्रमण पुष्टि, दुई जनाको मृत्यु
-
१० खेलाडीमा सीमित अमेरिका अन्तिम १६ मा
-
खुर्सानीखेतीमा होमिएका नवीन: वार्षिक २३ लाखको कारोबार, युवाहरूका लागि प्रेरणा
-
बालेन सरकारको ‘जान्नेलाई छान्ने’ तरिका गजबको रहेछ: शंकर पोखरेल
-
२ महिनाको रस्साकस्सीपछि चिया निर्यात निर्वाध
-
संगठनात्मक पुनर्संरचना गर्दै स्वास्थ्य मन्त्रालय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण