मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

अनुराग गीत: एलिजाको स्वरको समुन्द्रले गरे प्रसंशा

बिहीबार, ०४ असोज २०७५, १८ : ४९
बिहीबार, ०४ असोज २०७५

काठमाडौं – पत्रकार ऋषि धमलाकी पत्नी एलिजा गौतमको निर्माण अभिनय रहेको चलचित्र ‘अनुराग’ को ‘तिम्रो स्वरमा...’ बोलको नयाँ गीत रिलिज भएको छ । ‘ गीतमा प्रताप दासको स्वर रहेको छ भने शब्द सत्यराज चौलागाईं र संगीत सरोज पोेखरेलको रहेको छ ।  १२ असोज प्रदशर््न मिति तोकिएको चलचित्रको गीतमा समुन्द्र पण्डित देखिएका छन् । 

अनु र रागको प्रेममा आउने उचारचढावको कथा वाचन गर्ने सत्यराज निर्देशित चलचित्रमा ठिलेंन लामा, सरोज खनाल, रुपा राना, राजाराम पौडेल, शिशिर राना, मोहन निरौला, विश्व बस्नेत लगायतका कलाकारहरुको समेत अभिनय रहेको छ । 

निर्देशक चौलागाईं र आगत केसीको पटकथा तथा संवाद रहेको यो चलचित्र सांगीतिक प्रेमकथामा आधारित छ । चलचित्रका प्रस्तुतकर्ता ऋषि धमला हुन् ।  भरत गौतम र गीता भेटवाल निर्माता रहेको ‘अनुराग’ को कथा किरण दाहालले लेखेका हुन् भने रामकुमार केसी छायाँकार हुन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप