लगानीमैत्री वातावरण निर्माण गर्न उद्योगमन्त्री यादवको आग्रह
बिहीबार, ०४ असोज २०७५, १८ : ४१
काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले उद्योग स्थापनाका लागि लगानीमैंत्री वातावरण निर्माणमा जोड दिन प्रदेश र स्थानीय सरकारलाई आग्रह गरेका छन् । मन्त्री यादवले बिहिबार सबै प्रदेशका उद्योग मन्त्रीहरुसँग काठमाडौंका सामूहिक भेट गरी उद्योगका लागि लगानी गर्ने सहज वातावरण बनाउन आग्रह गरेका हुन् ।
त्यस अवसरमा उनले संविधानमा आधारित रहेर कर प्रणालीलाई सहज बनाउनुपर्ने पनि स्पष्ट पारे । सरकारले तय गरेको ‘समृद्ध नेपालः सुःखी नेपाली’ को राष्ट्रिय नारालाई मूर्तरुप दिन स्थानीय, प्रदेश र संघीय सरकारबीच तालमेल गरेर अघि बढ्नुको विकल्प नरहेको पनि मन्त्री यादवको भनाई थियो ।
मन्त्री यादवले लगानीकर्ताहरुलाई उत्साहित हुने गरी ऐन, कानुन बनाउनुपर्ने आवश्यक्ता पनि औंल्याए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ हुँदै
-
भेडा गोठालो गएका किशोरको चट्याङ लागेर मृत्यु, दुई जना घाइते
-
वर्षाका कारण कैलाली–कञ्चनपुरका धेरै स्थान डुबानमा
-
लोकतन्त्रका ऋषि : गिरिजाबाबु
-
भोजपुरमा जडीबुटीखेतीको लहर: अन्नबाली छाडेर चिराइतो र सतुवातर्फ आकर्षित हुँदै किसान
-
पूर्व–पश्चिम राजमार्गमा ‘हिट एन्ड रन’ : युवकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण