शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

क्रिकेट स्टेडियम र नमुना नेपालको काम अगाडि बढ्छः सिताराम कट्टेल

बिहीबार, ०४ असोज २०७५, १८ : २९
बिहीबार, ०४ असोज २०७५

काठमाडौं–  हाँस्य कलाकार तथा समाजसेवी सिताराम कट्टेलले आज जन्मदिन मनाएका छन् । रेडियो अडियोले आयोजना गरेको एक कार्यक्रममा उनले जन्मदिन सेलिब्रेसन गरेका हुन् । 

सिमित सञ्चारकर्मी र कलाकार उपस्थित रहेको कार्यक्रममा सितारमकी पत्नी समेत रहेकी अभिनेत्री कुञ्जनाले सितारामको जन्म आफ्नो लागि भएको बताइन् । ‘सिताराम उहाँको नाम बाबा आमाले राखिदिनु भएको होला । तर, उहाँ मेरो लागि जन्मनु भएको हो ।’ उनले सितारामले आफुलाई कम माया गरेको कुनै त्यस्तो पल नभएको समेत कार्यक्रममा सुनाइन् । 

सञ्चारकर्मीहरुको माझमा भावूक देखिएकी कुञ्जनाले आफुले मध्यरातीनै जन्मदिन विस गरेको खुलाइन् । 

सितारामले भने आफूहरुको माया कहिल्यै पुरानो नहुने सुनाए । उनले वैवाहिक जीवन अगाडि बढ्दै जाँदा कुञ्जनाप्रतिको माया अझै बढेको बताए । उनले आफुले गर्ने भनेको क्रिकेट स्टेडियम र नमुना नेपालको काम पनि छिट्टै अगाडि बढ्ने बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप