शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

रौतहटमा दिनदहाडै ३ लाख लुटियो

बिहीबार, ०४ असोज २०७५, १८ : २३
बिहीबार, ०४ असोज २०७५

संजय मिश्रा
रौतहट– रौतहटमा बिहिबार दिनदहाडै झण्डै तीनलाख रुपैयाँ लुटिएको छ । जिल्ला सदरमुकाम गौरस्थित पाण्डव किराना पसल गौरका दुईजना कर्मचारीहरुको २ लाख ९४ हजार रुपैयाँ लुटिएको हो ।

जिल्लाको कटहरिया बजारबाट किराना पसलेहरुसँग बक्यौता रकम संकलन गरेर ना ३७ प ५२५९ नम्बरको मोटरसाईकलमा फर्किने क्रममा गरुडा नपा ५ महमदपुर इँट्टा भट्टा नजिकै लुटेरा समुहले उक्त रकम लुटेको उनीहरुको भनाई छ ।

रकम संकलन गरी फर्किरहेका विनयकुमार यादव र रञ्जितकुमार मिश्रलाई दुईवटा मोटरसाईकलमा कटहरियाबाट पछ्याँउदै आएका ५ जनाको समुहले रकम लुटेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी महेन्द्र मरासिनीले बताएका छन् । 

घटनालगतै कर्मचारीद्धय यादव र मिश्रले प्रहरीलाई खबर गरेका थिए । तर कर्मचारीले लुटेराको दुबै मोटरसाईकलको नम्बर बताउन नसकेको प्रहरीको दाबी छ । मोटरसाइकलको नम्बर बताउन नसक्नु र लुटिएको रकम फरक–फरक बताउनुले घटना सुनियोजित हुनसक्ने प्रहरीको आशंका छ ।

घटनाबारे सत्यतथ्य पता लगाउन प्रहरीले किराना पसलका दुबै कर्मचारीलाई नियन्त्रणमा लिएको छ । घटनाको खबरलगतै गरुडा कटहरिया आसपास ब्यापक रुपमा प्रहरी परिचालन गरेर खानतलासी गरिरहेको डिएसपी मरासिनीले बताएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप