रौतहटमा दिनदहाडै ३ लाख लुटियो
संजय मिश्रा
रौतहट– रौतहटमा बिहिबार दिनदहाडै झण्डै तीनलाख रुपैयाँ लुटिएको छ । जिल्ला सदरमुकाम गौरस्थित पाण्डव किराना पसल गौरका दुईजना कर्मचारीहरुको २ लाख ९४ हजार रुपैयाँ लुटिएको हो ।
जिल्लाको कटहरिया बजारबाट किराना पसलेहरुसँग बक्यौता रकम संकलन गरेर ना ३७ प ५२५९ नम्बरको मोटरसाईकलमा फर्किने क्रममा गरुडा नपा ५ महमदपुर इँट्टा भट्टा नजिकै लुटेरा समुहले उक्त रकम लुटेको उनीहरुको भनाई छ ।
रकम संकलन गरी फर्किरहेका विनयकुमार यादव र रञ्जितकुमार मिश्रलाई दुईवटा मोटरसाईकलमा कटहरियाबाट पछ्याँउदै आएका ५ जनाको समुहले रकम लुटेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी महेन्द्र मरासिनीले बताएका छन् ।
घटनालगतै कर्मचारीद्धय यादव र मिश्रले प्रहरीलाई खबर गरेका थिए । तर कर्मचारीले लुटेराको दुबै मोटरसाईकलको नम्बर बताउन नसकेको प्रहरीको दाबी छ । मोटरसाइकलको नम्बर बताउन नसक्नु र लुटिएको रकम फरक–फरक बताउनुले घटना सुनियोजित हुनसक्ने प्रहरीको आशंका छ ।
घटनाबारे सत्यतथ्य पता लगाउन प्रहरीले किराना पसलका दुबै कर्मचारीलाई नियन्त्रणमा लिएको छ । घटनाको खबरलगतै गरुडा कटहरिया आसपास ब्यापक रुपमा प्रहरी परिचालन गरेर खानतलासी गरिरहेको डिएसपी मरासिनीले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
-
बारा र खोटाङसहितका जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता असार ७ सम्म अद्यावधिक गर्न सकिने
-
पूर्वआयोजक र युरोपेली डार्क हर्सबिच मध्यराति भिडन्त
-
कोशीको आर्थिक वृद्धिदर ३.१३ प्रतिशत पुग्ने अनुमान, प्रतिव्यक्ति आम्दानी १,४१० डलर (पूर्णपाठ)
-
एकताको नारामा संस्थापनविरुद्ध एक हुँदै कांग्रेसको इतर पक्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण