शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

लुम्बिनी विकास बैंक लिमिटेडका अध्यक्षबाट शपथ ग्रहण

बिहीबार, ०४ असोज २०७५, १७ : १८
बिहीबार, ०४ असोज २०७५

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडको सञ्चालक समितिले चिन्तामणि भट्टराईलाई सर्वसम्मत रुपमा सञ्चालक समितिको अध्यक्ष चुनेको छ ।

नवनियुक्त अध्यक्ष भट्टराईले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा १२७ (२) बमोजिम नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी समक्ष पद तथा गोपनियताको शपथ ग्रहण गरे । 

उक्त अवसरमा नेपाल राष्ट्र बैंक बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक नारायण प्रसाद पौडेल, लुम्बिनी विकास बैंक सञ्चालक प्रविण कृष्ण श्रेष्ठ, सञ्चालक प्रताप कुमार आचार्य, प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहरा, नायव प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी तथा कम्पनी सचिव प्रजन प्रधानको उपस्थिति रहेको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप