मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

ओपोद्वारा ‘ओपो तीज सेल्फी कन्टेष्ट’का विजेताहरु पुरस्कृत

बिहीबार, ०४ असोज २०७५, १७ : १४
बिहीबार, ०४ असोज २०७५

काठमार्डौ । ओपोले तीजका अवसरमा आयोजित ‘ओपो तीज सेल्फी कन्टेष्ट’का विजेताहरुलाई पुरस्कार हस्तान्तरण गरेको छ ।

काठमाडौंको कमलपोखरी स्थित आफ्नै ग्राहक सेवा केन्द्रमा एक कार्यक्रमको आयोजना गरी ओपोले विजेताहरुलाई परस्कृत गरेको हो ।

ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले विजेताहरुलाई पुरस्कार हस्तान्तरण गरेका थिए । कम्पनीका अनुसार आफ्ना उपभोक्ताहरुसंग ‘तीज’को खुशी साट्ने सोचका साथ सो सेल्फी प्रतियोगिताको आयोजना गरिएको हो । 

प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने,‘भविष्यमा अझ रोचक तथा आकर्षक प्रतियोगिता तथा क्याम्पेनहरुका साथ उपभोक्ताको थप नजिक हुन हामीलाई यसले अझ प्रोत्साहित गरेको छ ।’  

भाद्र २८ देखि ३१ सम्म चार दिनका लागि सञ्चालित उक्त प्रतियोगितामा सन्देश, कमेण्ट लगायत विभिन्न माध्यमबाट आफ्नो सेल्फी पठाइ ईच्छुकहरुले उत्साहजनक सहभागिता जनाएका थिए । 

कन्टेष्टका विजेताका रुपमा प्रकृती ढुङना, स्मृति श्रेष्ठ र सरिना गुरुङ छनोटमा परेका थिए । विजेताहरुलाई कम्पनीका तर्फबाट आकर्षक गिफ्ट ह्याम्पियर प्रदान गरिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप