शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

अख्तियार प्रमुखमा नवीन कुमार घिमिरेको नाम अनुमोदन

बिहीबार, ०४ असोज २०७५, १६ : २३
बिहीबार, ०४ असोज २०७५

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा नवीन कुमार घिमिरेको नाम अनुमोदन भएको छ । संसदीय सुनुवाई विशेष समितिको बिहिबारको बैठकले उनको नाम सर्वसम्मतिले अनुमोदन गरेको समितिका जेष्ठ सदस्य लक्ष्मणलाल कर्णले जानकारी दिए । 

संवैधानिक परिषदको भदौ २० गते बसेको बैठकले उनको नाम आयोगको प्रमुखमा सिफारिस गर्ने निर्णय गरेको थियो । 

सोही अनुसार उनीबारे आज संसदीय सुनुवाई भएको थियो । सुनुवाई पछि समितिले उनको नाम सर्वसम्मतिले अनुमोदन गरेको हो । 

यसअघि समितिमा सांसदहरुले राखेका विभिन्न प्रश्नको जवाफ दिँदै प्रस्तावित प्रमुख आयुक्त घिमिरेले अख्तियारको गरिमा र प्रतिष्ठालाई कायमै राखेर अघि बढने प्रतिवद्धता व्यक्त गरेका थिए । उनले  आयोगको अनुसन्धानको कामलाई प्रभावकारी बनाउन सक्दो पहल गर्ने योजना पनि सार्वजनिक गरे ।

बैठकमा समितिका सदस्यहरुले आयोगलाई प्रभावकारी बनाउन आवश्यक पहलकदमी लिन घिमिरेलाई सुझाव दिएका थिए ।

 समितिका सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले अख्तियारलाई राजनीतिक प्रभावबाट मुक्त राखेर अघि बढन कार्यबहाक प्रमुख आयुक्त घिमिरेलाई आग्रह गरेका थिए । 

समितिका अर्का सदस्य योगेश भट्टराईले सरकारको छायामा नपर्न घिमिरेलाई सचेत गराए । उनले अख्तियारलाई प्रभावकारी बनाउन समितिबाट आवश्यक सहयोग हुने पनि बताए । 

संसदीय सुनुवाई समितिबाट उनको नाम अनुमोदन भएसँगै अब उनी राष्ट्रपतिबाट अख्तियारको प्रमुख आयुक्तमा नियुक्त हुनेछन् ।

अख्तियार प्रमुख दीप बस्नेतको बहिर्गमनपछि  उनी कामुको हैसियतमा थिए । 

घिमिरे २०७१ सालमा अख्तियारको आयुक्त नियुक्त भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

दंगाल संसदीय मामिला र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप