शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

राजधानीमा पेट्रोलियम पदार्थको अभाव

बिहीबार, ०४ असोज २०७५, १६ : १६
बिहीबार, ०४ असोज २०७५

 काठमाडौं–ट्याङ्कर चालकले मंगलबारदेखि पेट्रोलियम पदार्थ ढुवानी नगर्दा राजधानीका पेट्रोल पम्पहरुमा सवारी साधनको लाइन लाग्न थालेको छ । 

दुई दिन मात्रै ढुवानी रोकिँदा उपत्यकाका केही पेट्रोल पम्ममा सटर लागेको छ भने खुलेका पम्पहरुमा पनि सवारी साधनको लाइन लागेको छ । 

नेपाल आयल निगमका प्रवक्ता विरेन्द्र गोइतले निगमसँग अझै ४५ हजार लिटर इन्धन स्टक रहेकाले अहिले नै हाहाकारको अवस्था नहुने बताए । 

ढुवानीकर्तासँग पेट्रोलियम पदार्थको ढुवानी रोकेको विषयमा आयल निगमले जानकारी माग्दा उसले चालकले ढुवानी नगरेको भन्दै पन्छिएको र चालकसँग सम्पर्क गर्न खोज्दा उनीहरुले मोइबाइलको स्विच अफ गरेर बसेको प्रवक्ता  गोइतले जानकारी दिए । 

उनले अहिलेसम्म चालक र ढुवानीकर्ताले आफूहरुसँग कुनै माग नराखेको पनि बताए । तर ढुवानी रोकिएको विषयमा आफूहरुले सबैलाई समेटेर छलफल गर्न खोजेको बताए । 

बुधबार (हिजो) मात्रै निगले प्रेस विज्ञप्ति जारी गरेर आपूर्ति रोक्ने प्रयास जारी राखे कारबाही गर्ने चेतावनी दिएको थियो  । वैज्ञानिक रुपमा ढुवानीको भाडा समायोजन गरेको भएपनि विभिन्न बहानामा यस्ता अवरोधहरु जारी राख्नु दुःखद भएको पनि उनले बताए ।   

चालकहरुको तलबभत्ता, सञ्चयकोष, ट्रिप भत्ता लगायतका सुविधा यसअघि नै पुरा गर्ने सहमति निगमले गरिसकेको छ । 

केही समय अघि निगमले ट्यांकरमा लकिङ सिस्टम शुरु गरेको थियो । सोही बेलादेखि चालकहरु निगमसँग रुष्ट हुँदै आएका छन् । ढुवानी नगर्ने हो भने ट्यांकरको साँचो बुझाएर बस्न निगमले चेतावी दिएको छ ।

सकभर वर्ताबाटै समाधान गर्ने प्रयासमा निगम रहेको गोइतले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप