बिहीबार, १८ असार २०८३
ताजा लोकप्रिय

३.७४ अंकले घटेको बजारमा आधा अर्ब बढीको कारोबार

बिहीबार, ०४ असोज २०७५, १५ : ५८
बिहीबार, ०४ असोज २०७५

काठमाडौं–बिहिबार  सेयर बजार ३.७४ अंकले घटेको छ ।  घटेर बन्द भएको बजारमा ५५ करोड ५० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।  आज १६७ कम्पनी कारोबारमा सामेल थिए । 

हेटल समुह, विकास बैंक र अन्य समुहमा बृद्धि भएपनि बाँकी सबै समुहमा गिरावट आएको छ । होटल समुह २०.५७ अंकले बढेको छ । विकास बैंक ४.६९ अंकले बढेको छ । अन्य समुह १.८३ अंकले बढेको छ । 

बजार घट्दा सबैभन्दा बढी निर्जिवन बिमा कम्पनीमा गिरावट आएको छ । निर्जिवन बिमा कम्पनी १०७.४८ अंकले घटेको छ । यता जीवन बिमा तर्फ भने ७९.८१ अंकको गिरावट छ । बैंकिङ, जलविद्युत, फाइनान्स, माइक्रोफाइनान्स लगायतका समुह घटेका छन् ।

बजार घट्दा पनि सबैभन्दा बढी सानिमा माइ हाइड्रो पारवको सेयर कारोबार भएको छ । यसको ७ करोड ४६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

दोस्रोमा एनआइसी एसिया बैंकको ४ करोड ४० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।  तेस्रोमा एनएमबी बैंकको ३ करोड ८२ लाख रुपैयाँको सेयर कारोबार भएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप