बिहीबार, १८ असार २०८३
ताजा लोकप्रिय

प्रतिनिधिसभामा शान्ति विश्वविद्यालय स्थापना गर्ने अन्तर्राष्ट्रिय सम्झौंता स्वीकृत

बिहीबार, ०४ असोज २०७५, १५ : १३
बिहीबार, ०४ असोज २०७५

काठमाडौं– प्रतिनिधिसभाले ‘शान्ति विश्वविद्यालय स्थापना गर्ने सम्बन्धि अन्तर्राष्ट्रिय सम्झौंता’ स्वीकृत गरेको छ । प्रतिनिधिसभाको बिहिबारको बैठकमा परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीको तर्फबाट गृहमन्त्री रामबहादुर थापाले प्रस्तुत गर्नु भएको ‘शान्ति विश्वविद्यालय स्थापना गर्ने सम्बन्धि अन्तर्राष्ट्रिय सम्झौंता’ सर्वसम्मतिले स्वीकृत गरिएको हो ।

प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसद प्रेस सुवालले विश्व शान्ति स्थापनाका लागि आवश्यक पहल गर्न सरकारलाई सुझाव दिएका थिए ।

यता, गृहमन्त्री थापाले विश्वमा शान्ति स्थापनाका लागि नेपालले अग्रणी भूमिका निर्वाह गर्दै आएको स्मरण गराउँदै त्यसका लागि ‘शान्ति विश्वविद्यालय स्थापना गर्ने सम्बन्धि अन्तर्राष्ट्रिय सम्झौंता’ पनि स्वीकार गर्नु परेको स्पष्ट पारे ।

उनले नेपालको शान्ति र राजनीतिक स्थायित्वलाई सुढुढ बनाउन पनि सो सम्झौंता उपयोगी हने विश्वास पनि व्यक्त गरे । संयुक्त राष्ट्रसंघको महासभाले विश्व शान्ति स्थापनामा टेवा पुर्याउने उद्देश्यले कोष्टारिकामा शान्ति विश्वविद्यालय स्थापना गर्ने सम्बन्धि अन्तर्राष्ट्रिय सम्झौता पारित गरेको थियो । सोही प्रस्ताव सदस्य राष्ट्रको हैसियतले नेपालले पनि स्विकार गरेको हो । प्रतिनिधिसभाको अर्को बैठक आगामी मंगलबार दिउँसो २ बजेका लागि बोलाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप