पत्रकारहरुको माग सम्बोधन गर्न सरकार प्रतिबद्ध छः सभामुख महरा
काठमाडौं– प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले पत्रकारहरुको माग सम्बोधन गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् । सभामुख महराले पत्रकारहरुको माग सम्बोधन गर्न सरकारले नयाँ मुलुकी ऐन संशोधन गर्ने बचन आफूलाई दिएको जानकारी दिएका हुन् ।
बिहिबार काठमाडौंमा आयोजित ‘संविधान र पूर्ण प्रेस स्वतन्त्रता’ विषयक विचार गोष्ठीमा बोल्दै उनले देश र जनताको पक्षमा समर्पित भएर समाचार सम्प्रेषण गर्न पनि पत्रकारहरुलाई आग्रह गरे । पत्रकारितालाई विश्वसनीय र मर्यादित बनाउन पनि पत्रकारहरुले देश र जनताको पक्षमा समर्पित भएर काम गर्नुको विकल्प नरहेकोे सभामुख महराको भनाई छ ।
सभामुख महराले नयाँ मुलुकी ऐन संशोधनका लागि सरकारसँग पर्याप्त छलफल गर्न पनि नेपाल पत्रकार महासंघलाई सुझाव दिए । कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले सरकारले प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउने गरी एकपछि अर्को कानुन ल्याएको भन्दै आपत्ति जनाए । उनले प्रेस स्वतन्त्रता विरोधी कानुन संशोधन नगरे सरकारविरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी पनि दिए ।
कार्यक्रममा नेजा ग्रामिण उत्कृष्ट पत्रकारिता पुरस्कार ओखलढुंगाका पत्रकार कुम्भराज राईलाई प्रदान गरिएको छ । नेपाल–अमेरिका पत्रकार संघ (नेजा) ले प्रत्येक २ वर्षमा प्रदान गर्दै आएको सो पुरस्कारको राशी २ लाख २२ हजार २ सय २२ रुपैयाँ रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्य ह्वात्तै बढ्यो
-
अरब सागरमा अमेरिकी नौसेनाको हेलिकोप्टर आकस्मिक अवतरण, एक चालक दल सदस्य बेपत्ता
-
राम मन्दिरबाट दान चोरी प्रकरण: अनुसन्धानको जिम्मा सीबीआईलाई दिने तयारी
-
विमानस्थलबाट व्यापारी पक्राउ, जुत्ता र कपडा भनेर कार्गोमा सुनचाँदीका गहना अमेरिका लैजाने प्रयास
-
पूर्वमन्त्री बस्नेतसहित १६ जना विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ सुरु
-
किभमा रूसको मिसाइल र ड्रोन आक्रमणमा कम्तीमा ८ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण