बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

संसदीय सुनुवाई योगेशले भनेः नीतिगत भ्रष्टाचारका विषयमा घिमिरेको धारणा आउनुपर्यो

बिहीबार, ०४ असोज २०७५, १४ : ५०
बिहीबार, ०४ असोज २०७५

 काठमाडौं– सांसद योगेश भट्टराईले साना माछा समाउँदै जाने र ठुला माछा छोड्दै जाने प्रवृत्तिले अख्तियारको शाख नजोगिने दाबी गरेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तका लागि नवीनकुमार घिमिरेमाथि भएको संसदीय सुनुवाईका क्रममा बोल्दै सांसद भट्टराईले सो कुरा बताएका हुन् ।  ।  

सांसद भट्टराइले अख्तियार सरकार र शक्ति केन्द्रको छायाँबाट मुक्त हुनुपर्ने  बताउँदै यसलाई सम्पूर्ण अधिकार दिइएपनि प्रभावकारी काम गर्न नसकेको बताए  ।

उनले भने, ‘अख्तियारले राजनीतिक आग्रहमा केश उठाउने, पार्टीभित्रका आन्तरिक विवादमा पसेका जस्ता प्रश्नहरु उठेका छन् । अख्तियारको कार्यक्षेत्र कहाँदेखि कहाँसम्म छ ?’ उनले मुलुकमा देखिने भ्रष्टचारभन्दा पनि नीतिगत भ्रष्टाचार हुने गरेको दाबी गर्दै यो विषयमा घिमिरेको धारणा नआएको दाबी गरे ।

सांसद शिवकुमार मण्डलले आफु मन्त्री हुँदा ३ लाखको जग्गा १२ लाखमा बेचिएको केश समेत भेटिएको बताउँदै यसरी हुने कयौं भ्रष्टाचारलाई रोक्न गाह्रो पर्ने बताए ।

उनले घिमिरेसँग प्रश्न राख्दै भने, ‘३ लाखको जग्गा १२ लाखमा बेचिएको हुन्छ, कागजमा ठिक छ तर भ्रष्ष्टाचार भएको छ । यस्तो विषय कसरी रोक्नुहुन्छ ?’ संसदीय सुनुवाईबाट अनुमोदन भए घिमिरे अख्तियार प्रमुखमा नियुक्त हुनेछन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप