संसदीय सुनुवाई योगेशले भनेः नीतिगत भ्रष्टाचारका विषयमा घिमिरेको धारणा आउनुपर्यो
काठमाडौं– सांसद योगेश भट्टराईले साना माछा समाउँदै जाने र ठुला माछा छोड्दै जाने प्रवृत्तिले अख्तियारको शाख नजोगिने दाबी गरेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तका लागि नवीनकुमार घिमिरेमाथि भएको संसदीय सुनुवाईका क्रममा बोल्दै सांसद भट्टराईले सो कुरा बताएका हुन् । ।
सांसद भट्टराइले अख्तियार सरकार र शक्ति केन्द्रको छायाँबाट मुक्त हुनुपर्ने बताउँदै यसलाई सम्पूर्ण अधिकार दिइएपनि प्रभावकारी काम गर्न नसकेको बताए ।
उनले भने, ‘अख्तियारले राजनीतिक आग्रहमा केश उठाउने, पार्टीभित्रका आन्तरिक विवादमा पसेका जस्ता प्रश्नहरु उठेका छन् । अख्तियारको कार्यक्षेत्र कहाँदेखि कहाँसम्म छ ?’ उनले मुलुकमा देखिने भ्रष्टचारभन्दा पनि नीतिगत भ्रष्टाचार हुने गरेको दाबी गर्दै यो विषयमा घिमिरेको धारणा नआएको दाबी गरे ।
सांसद शिवकुमार मण्डलले आफु मन्त्री हुँदा ३ लाखको जग्गा १२ लाखमा बेचिएको केश समेत भेटिएको बताउँदै यसरी हुने कयौं भ्रष्टाचारलाई रोक्न गाह्रो पर्ने बताए ।
उनले घिमिरेसँग प्रश्न राख्दै भने, ‘३ लाखको जग्गा १२ लाखमा बेचिएको हुन्छ, कागजमा ठिक छ तर भ्रष्ष्टाचार भएको छ । यस्तो विषय कसरी रोक्नुहुन्छ ?’ संसदीय सुनुवाईबाट अनुमोदन भए घिमिरे अख्तियार प्रमुखमा नियुक्त हुनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
-
सञ्चय कोषद्वारा एक अर्ब ६९ करोड प्रवाह
-
सार्वजनिक बिदाका दिनमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
हिमाचल प्रदेशमा पहिरोले कार पुरिँदा ६ महिनाका बालकसहित १३ जनाको मृत्यु, २ घाइते
-
महाराजगन्ज दुर्घटना अपडेट: ठक्कर दिने माइक्रो चालकको मृत्यु, ६ जना घाइते (विवरणसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण