बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

संसदीय सुनुवाई विशेष समिति बैठकमा घिमिरे सुनुवाई जारी

बिहीबार, ०४ असोज २०७५, १४ : ००
बिहीबार, ०४ असोज २०७५

काठमाडौं–संसदीय सुनुवाई विशेष समिति बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तका लागि सिफारिस भएको नवीनकुमार घिमिरेमाथि संसदीय चलिरहेको छ । 

सुनुवाईका क्रममा घिमिरेले अख्तियार प्रमुखका रुपमा आफूले गर्ने कार्ययोजना प्रस्तुत गर्नुका साथै विगतमा आयुक्त हुँदा गरेका कामका विवरण प्रस्तुत गरेका छन् । 

उनले यसअघिको आयुक्तको रुपमा आफ्नो कार्यकालमा आर्थिक वर्ष २०७२–७३ मा १५४ मुद्दा, २०७३–७४ मा १५४ र २०७४–७५ मा १९४ वटा मुद्दा दायर गरेको जानकारी दिए । 

यसैगरी १५४ जनालाई ४९ वटा स्टीङ अपरेशनमार्फत पक्राउ गरिएको, ६२ करोड हिनामाथि गरेको उजुरीका आधारमा यातायात व्यवस्था कार्यालयका कर्मचारीमाथि मुद्दा दायर गरेको जानकारी दिए । 
यस्तै अवका दिनमा सुशासन र पारदर्शिताका लागि क्रियाशिल रही काम गर्ने उनले कार्ययोजना पनि प्रस्तुत गरेका छन् । 

संसदीय सुनुवाईबाट अनुमोदन भए उनी अख्तियार प्रमुखमा नियुक्त हुनेछन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप