संसदीय सुनुवाई विशेष समिति बैठकमा घिमिरे सुनुवाई जारी
काठमाडौं–संसदीय सुनुवाई विशेष समिति बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तका लागि सिफारिस भएको नवीनकुमार घिमिरेमाथि संसदीय चलिरहेको छ ।
सुनुवाईका क्रममा घिमिरेले अख्तियार प्रमुखका रुपमा आफूले गर्ने कार्ययोजना प्रस्तुत गर्नुका साथै विगतमा आयुक्त हुँदा गरेका कामका विवरण प्रस्तुत गरेका छन् ।
उनले यसअघिको आयुक्तको रुपमा आफ्नो कार्यकालमा आर्थिक वर्ष २०७२–७३ मा १५४ मुद्दा, २०७३–७४ मा १५४ र २०७४–७५ मा १९४ वटा मुद्दा दायर गरेको जानकारी दिए ।
यसैगरी १५४ जनालाई ४९ वटा स्टीङ अपरेशनमार्फत पक्राउ गरिएको, ६२ करोड हिनामाथि गरेको उजुरीका आधारमा यातायात व्यवस्था कार्यालयका कर्मचारीमाथि मुद्दा दायर गरेको जानकारी दिए ।
यस्तै अवका दिनमा सुशासन र पारदर्शिताका लागि क्रियाशिल रही काम गर्ने उनले कार्ययोजना पनि प्रस्तुत गरेका छन् ।
संसदीय सुनुवाईबाट अनुमोदन भए उनी अख्तियार प्रमुखमा नियुक्त हुनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्य ह्वात्तै बढ्यो
-
अरब सागरमा अमेरिकी नौसेनाको हेलिकोप्टर आकस्मिक अवतरण, एक चालक दल सदस्य बेपत्ता
-
राम मन्दिरबाट दान चोरी प्रकरण: अनुसन्धानको जिम्मा सीबीआईलाई दिने तयारी
-
विमानस्थलबाट व्यापारी पक्राउ, जुत्ता र कपडा भनेर कार्गोमा सुनचाँदीका गहना अमेरिका लैजाने प्रयास
-
पूर्वमन्त्री बस्नेतसहित १६ जना विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ सुरु
-
किभमा रूसको मिसाइल र ड्रोन आक्रमणमा कम्तीमा ८ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण