पूर्वगृहराज्यमन्त्री कँडेल भारतीय क्याम्पसको अध्यक्ष निर्वाचित
नवलपरासी– नेपालका प्रतिनिधिसभा सदस्य एवं पूर्वगृहराज्यमन्त्री देवेन्द्रराज कँडेल भारतको एक क्याम्पसको व्यवस्थापन समितिको अध्यक्ष (प्रबन्धक) मा निर्वाचित भएका छन् ।
कँडेल पश्चिम नवलपरासीको निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य रहेका लछन् । कँडेल पश्चिम नवलपरासीको सीमापारि भारतको महाराजगञ्ज जिल्लाअन्तर्गत ठुठीबारीमा रहेको राधाकुमारी इन्टर कलेजको व्यवस्थापन समितिको अध्यक्ष (प्रबन्धक) मा निर्वाचित भएका हुन् ।
यसअघि इन्टर कलेजका व्यवस्थापन समिति अध्यक्ष (प्रबन्धक) मा सांसद कँडेलकै हजुरआमा स्व.राधाकुमारी कँडेल र बुबा स्व.पृथ्वीराज कँडेल रहेका थिए । पछिल्लोपटक करिब १० वर्ष रिक्त रहेको अध्यक्ष (प्रबन्धक) मा सांसद कँडेल निर्वाचित भएका हुन् । ठुठीबारीग्राम पञ्चायतका प्रधान राजेश सिंहलाई निर्वाचनमा पछि पार्दै कँडेल सो कलेजको व्यवस्थापन समितिको अध्यक्ष (प्रबन्धक) भएका हुन् ।
महाराजगञ्ज जिल्लाको मुख्य बजार महाराजगञ्जमा बुधबार भएको निर्वाचनबाट कँडेल सो कलेजको व्यवस्थापन समितिको अध्यक्ष (प्रबन्धक) भएका हुन् ।
सन् १९५२ सालमा विद्यालय स्थापना भएको सो कलेज नेपाल भारत सीमा क्षेत्रमा निकै प्रख्यात मानिन्छ । नवनिर्वाचित प्रबन्धक कँडेलले कलेजको शैक्षिक गुणस्तर सुधार गर्न काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
जम्मा १० मत रहेको यस कलेजको व्यवस्थापन समितिमा कँडेलले छ मत प्राप्त गरेका थिए भने अर्को प्रतिस्पर्धी उम्मेदवार सिंहले चार मत प्राप्त गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भेडा गोठालो गएका किशोरको चट्याङ लागेर मृत्यु, दुई जना घाइते
-
वर्षाका कारण कैलाली–कञ्चनपुरका धेरै स्थान डुबानमा
-
लोकतन्त्रका ऋषि : गिरिजाबाबु
-
भोजपुरमा जडीबुटीखेतीको लहर: अन्नबाली छाडेर चिराइतो र सतुवातर्फ आकर्षित हुँदै किसान
-
पूर्व–पश्चिम राजमार्गमा ‘हिट एन्ड रन’ : युवकको मृत्यु
-
बालकुमारीमा धार्मिक तथा सांस्कृतिक विषयवस्तुलाई समेटिएको भित्तेचित्र, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण