शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

संसद बैठकः पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग

बिहीबार, ०४ असोज २०७५, १३ : ३१
बिहीबार, ०४ असोज २०७५

काठमाडौँ– प्रतिनिधिसभा बैठकमा सांसदले संविधान कार्यान्वयन गर्न मौलिक अधिकारसम्बन्धी १६ विधेयक लागू भएकामा खुशी व्यक्त गर्दै विधेयकको प्रभावकारी कार्यान्वयनमा जोड दिएका छन् । 

आजको बैठकको शून्य समयमा उनीहरुले संविधान कार्यान्वयनमा आएको चौथो वर्ष प्रवेश गर्दा यसको प्रभावकारी कार्यान्वयनमा सरकार र सदनलाई गम्भीर बन्न आग्रहसमेत गरे । 

सांसदले बझाङ जिल्लाका सेतीपारिका गाउँपालिकामा यातायात सम्बन्धबिच्छेद भएको र बालिका एवं महिला हिंसा, बलात्कारको घटना बढ्दै गएकामा चिन्ता व्यक्त गर्दै पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिन, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण छिटो गर्न, सामुदायिक विद्यालयका कर्मचारीका माग सम्बोधन गर्न र कर्णाली प्रदेशमा जल तथा मौसम विभागको कार्यालय सञ्चालन गर्न माग गरे । 

आफ्नो धारणा राख्नेमा अञ्जना बिसङ्खे, आशाकुमारी विक, इन्दुकुमारी शर्मा, उमा रेग्मी, कलिला खातुन, खगराज अधिकारी, गणेश पहाडी, गोपालबहादुर बम, गङ्गा चौधरी, घनश्याम खतिवडा, झपटबहादुर रावललगायत रहेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप