शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

इमरान खान साउदी अरेबिया र युएई भ्रमणमा

बिहीबार, ०४ असोज २०७५, १३ : २४
बिहीबार, ०४ असोज २०७५

अबुधाबी– पाकिस्तानका नवनिर्वाचित प्रधानमन्त्री इमरान खान बुधबार संयुक्त अरब इमिरेट्स (युएई) को अबुधाबी आइपुगेका छन् । उनी साउदी अरेबीयाको भ्रमण सम्पन्न गरी युएई आइपुगेका हुन् । 

प्रधानमन्त्री खानलाई अबुधाबी विमानस्थलमा अबुधाबीका राजकुमार शेख मोहमद बीन जायद अल नह्यानले स्वागत गरे । प्रधानमन्त्री खानले इमिरेट्सका उच्च नेतृत्वसँग बिहीबार वार्ता गर्नुहुने समाचारमा जनाइएको छ । 

यसअघि बुधबारनै प्रधानमन्त्री खानले साउदी अरबीयाका राजा सल्मान र राजकुमार मोहम्मद बीन सल्मानसँग रियादमा भेटवार्ता गरेका थिए । भेटका अवसरमा क्षेत्रीय र द्विपक्षीय सरोकारका साथै आर्थिक सम्बन्धका विषयमा छलफल भएको थियो । 

प्रधानमन्त्री खानले इस्लामिक सहयोग संगठनका महासचिवसँग साउदी अरबमै भेटवार्ता गरेका थिए । प्रधानमन्त्रीसँग विदेशमन्त्री शाह महमूद कुरेसी, विदेशमन्त्री तहमीना जान्जुआ र साउदी अरेबीयास्थित पाकिस्तानी कुटनीतिज्ञहरुको सहभागिता थियो । –एएनआई
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप