जापानको सत्तारुढ दलको नेतामा प्रधानमन्त्री अबे पुनः निर्वाचित
टोकियो– जापानका प्रधानमन्त्री सिन्जो अबे उनको सत्तारुढ दलको अध्यक्षमा पुनः निर्वाचित भएका छन् । उनको राजनीतिक दल ‘लिबरल डेमोक्र्याटिक पार्टी’को बिहीबार सम्पन्न निर्वाचनमा उनी अध्यक्ष निर्वाचित हुनुभएको बताइएको छ ।
यस विजयसँगै प्रधानमन्त्री अबे जापानमा लामो समयसम्म प्रधानमन्त्रीको पदमा रहने निश्चित भएको छ । प्रधानमन्त्री अबे ६३ वर्षको उमेरको रहेका छन् ।
उनले आफ्नो दलका सदस्य र सांसदबाट ५५३ मत प्राप्त गरेका छन् । उनको विरुद्धमा उम्मेदवार बनेका अर्का नेता सिगेरु इसाबाले भने २५४ मत मात्र प्राप्त गरेका थिए । नेता इसाबा जापानको पूर्व रक्षामन्त्री रहेका थिए ।
जापानी प्रधानमन्त्री अबे संविधान संशोधनको मुख्य एजेण्डाका साथ प्रधानमन्त्रीमा निर्वातित भएका हुन् । उनी पुनः आफ्नो पार्टीको प्रमुखमा निर्वाचत भएसँगै सविधान संशोधनको उनको सपना पूरा हुने देखिएको बताइएको छ । –एएफपी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षाका कारण कैलाली–कञ्चनपुरका धेरै स्थान डुबानमा
-
लोकतन्त्रका ऋषि : गिरिजाबाबु
-
भोजपुरमा जडीबुटीखेतीको लहर: अन्नबाली छाडेर चिराइतो र सतुवातर्फ आकर्षित हुँदै किसान
-
पूर्व–पश्चिम राजमार्गमा ‘हिट एन्ड रन’ : युवकको मृत्यु
-
बालकुमारीमा धार्मिक तथा सांस्कृतिक विषयवस्तुलाई समेटिएको भित्तेचित्र, तस्बिरहरू
-
सुदूरपश्चिमभर अविरल वर्षा, बाढी–पहिरोको जोखिम बढ्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण