शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

जापानको सत्तारुढ दलको नेतामा प्रधानमन्त्री अबे पुनः निर्वाचित

बिहीबार, ०४ असोज २०७५, १३ : १७
बिहीबार, ०४ असोज २०७५

टोकियो– जापानका प्रधानमन्त्री सिन्जो अबे उनको सत्तारुढ दलको अध्यक्षमा पुनः निर्वाचित भएका छन् । उनको राजनीतिक दल ‘लिबरल डेमोक्र्याटिक पार्टी’को बिहीबार सम्पन्न निर्वाचनमा उनी अध्यक्ष निर्वाचित हुनुभएको बताइएको छ । 

यस विजयसँगै प्रधानमन्त्री अबे जापानमा लामो समयसम्म प्रधानमन्त्रीको पदमा रहने निश्चित भएको छ । प्रधानमन्त्री अबे ६३ वर्षको उमेरको रहेका छन् । 

उनले आफ्नो दलका सदस्य र सांसदबाट ५५३ मत प्राप्त गरेका छन् । उनको विरुद्धमा उम्मेदवार बनेका अर्का नेता सिगेरु इसाबाले भने २५४ मत मात्र प्राप्त गरेका थिए । नेता इसाबा जापानको पूर्व रक्षामन्त्री रहेका थिए । 

जापानी प्रधानमन्त्री अबे संविधान संशोधनको मुख्य एजेण्डाका साथ प्रधानमन्त्रीमा निर्वातित भएका हुन् । उनी पुनः आफ्नो पार्टीको प्रमुखमा निर्वाचत भएसँगै सविधान संशोधनको उनको सपना पूरा हुने देखिएको बताइएको छ । –एएफपी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप