एक महिनाको तलब विद्यालयलाई दिने सांसदको घोषणा
दमौली– तनहुँ निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठले आफ्नो एक महीनाको तलब भानु नगरपालिका–३ स्थित जनजागृति माध्यमिक विद्यालयलाई दिने घोषणा गरेका छन् ।
विद्यालयमा प्राविधिक शिक्षा सञ्चालन गर्ने उद्देश्यले सोमबारदेखि आयोजित श्रीमद्भागवत महायज्ञमा सांसद श्रेष्ठले तलबबापतको रु ५० हजार विद्यालयलाई सहयोग गर्ने घोषणा गरेका हुन् ।
सो अवसरमा सांसद श्रेष्ठले प्राविधिक शिक्षा अहिलेको आवश्यकता भएकोमा जोड दिए । आफू यसै क्षेत्रबाट निर्वाचित भएको भन्दै उहाँले विद्यालयमा प्राविधिक शिक्षा सञ्चालनका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।
सांसद श्रेष्ठले यसअघिका महीनाको सबै तलब जिल्लास्थित विभिन्न सामाजिक सङ्घसंस्थालाई सहयोग गरेका छन् ।
उनले व्यास नगरपालिका–१४ को छाब्दीबाराही विकास कोष, ब्यास नगरपालिका–१० स्थित सुधेरी गैरखानेपानी उपभोक्ता समिति, ब्यास नगरपालिका–१ अम्रेनीस्थित शिव मन्दिर र भानु नगरपालिका–६ स्थित कालिका मन्दिर, ब्यास नगरपालिका–११ तनहुँसुरस्थित तनहुँसुर खानेपानी योजना र भानु नगरपालिका–१० स्थित दुधेकुना मन्दिरलाई रु ५०/५० हजार प्रदान गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा १३ लाख ३३ हजार राजस्व सङ्कलन
-
कोशी प्रदेशः बजेट कार्यान्वयनको नाजुक चित्र !
-
रोनाल्डोको गोलसँगै पोर्चुगल खेलमा फर्कियो, क्रोएसियासँग १–१ को बराबरी
-
फिफाको नियम यूईएफएलाई अमान्य, मुख छोप्ने खेलाडीलाई रातो कार्ड नदिइने
-
क्रोएसियाले हान्यो गोल, पछि पर्यो रोनाल्डोको टोली
-
सालझन्डी–ढोरपाटन सडक : १८ वर्षमा भौतिक प्रगति ४५ प्रतिशतमा सीमित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण