सुनसरीमा गाेली हानी विद्यालय व्यवस्थापन समिति अध्यक्षको हत्या, भाग्ने क्रममा प्रहरीलाई पनि गोली प्रहार
बिहीबार, ०४ असोज २०७५, १३ : ०५
सुनसरी– प्रदेश नम्बर १ स्थित सुनसरीको हरिनगर गाउँपालिका २ भूताहामा रहेकाे एक विद्यालयका व्यवस्थापन समिति अध्यक्षकाे गाेली हानी हत्या भएको छ ।
भारतबाट आएको हतियारधारी समूहले रौयान नेसनल पब्लिक स्कुल व्यवस्थापन समितिका अध्यक्ष मौलाना खुर्सिद अन्सारीको गोली हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
दुई जनाकाे संख्यामा मोटरसाइकलमा आएका ती हतियारधारी समूहले उनको बिहिबार बिहान साढे ११ बजे गोली प्रहार गरी हत्या गरेका हुन् ।
हत्यापछि भागेका उनीहरुले सीमा नाकामा चेकजाँचमा बसेका प्रहरी टोलीलार्इ समेत गोली हानेर भागेको प्रहरीले जनाएको छ ।
गोली लागि प्रहरी जवान शिव पौडेल घाइते भएको बताइएकाे छ।
अहिले जिल्ला सम्पूर्ण नाकाहरु शिल गरिएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण