शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालगञ्ज विमानस्थलको स्तरोन्नति हुँदै

बिहीबार, ०४ असोज २०७५, १२ : ४६
बिहीबार, ०४ असोज २०७५

नेपालगञ्ज– नेपालगञ्ज–दिल्ली हवाई उडानको तयारीसँगै नेपालगञ्ज विमानस्थलको स्तरोन्नतिको प्रक्रिया अघि बढाइएको छ ।  नेपालगञ्ज विमानस्थलमा टर्मिनल, पार्किङ, प्रतिक्षा कक्ष र व्यवस्थित खाजा घरको निर्माण भइरहेको छ ।

अन्तर्राष्ट्रिय र आन्तरिक ‘टर्मिनल’, ठूला जहाजका लागि पश्चिममा ३०० र पूर्वतिर २०० मिटर धावनमार्ग बनाउने तयारी भएको नागरिक उड्डयन कार्यालय नेपालगञ्जका निर्देशक प्रेमनाथ ठाकुरले जानकारी दिए । 

विमानस्थल स्तरोन्नतिका लागि ढाँचा बनाउने काम भइरहेको छ । दुई महिनामा यो काम सकिएपछि बोलपत्र प्रक्रिया अघि बढ्ने निर्देशक ठाकुरले जानकारी दिए । 

यसैगरी, विमानस्थल क्षेत्रमा नेपाली सेनाले सञ्चालन गर्दै आएको खाजा घर समेत खाली गराइएको छ । त्यहाँ प्रतिक्षालय कक्ष र व्यवस्थित खाजाघर बनाउने निर्देशक ठाकुरले जानकारी दिए ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप