केन्द्रीय संस्करण

उत्तर कोरियाली जनतासामू भाषण दिएर दक्षिणका राष्ट्रपतिले रचे इतिहास, एक लाख ५० हजारको अभिनन्दन

person access_timeअसोज ४, २०७५ chat_bubble_outline0

उत्तर कोरियाली जनता समक्ष पहिलो पटक भाषण दिएर दक्षिण कोरियाली राष्ट्रपति मून जे–इनले इतिहास रचेका छन् ।  राष्ट्रपति मूनले प्योंगयांगमा बुधबार साँझ उत्तर केरियाली जनतासमक्ष सात मिनेट लामो भाषण दिएका हुन् ।

उक्त भाषणमा राष्ट्रपति मूनले युद्ध अघि जस्तै यी दुई देश पुनः एक हुनुपर्ने धारणा राखे ।

राष्ट्रपति मून तीन दिने भ्रमणका लागि अहिले प्योंगयांगमा छन् ।

उक्त कार्यक्रममा कोरियाली इतिहास र मिथ वर्णनका लागि निकै सुन्दर तरिकाले कोरियोग्राफ गरिएका नृत्य र जिम्न्यास्टिक कलाको आयोजना गरिएको थियो जसमा हज्जारौंको सहभागीता रहेको थियो । यसवर्ष उत्तर कोरियाले आफ्नो ७० औं स्थापना दिवस मनाएको छ ।

प्योंगयांगस्थित मे डे स्टेडियममा यी दुई प्रवेश हुँदा एक लाख ५० हजार नागरिकले उभिएर अभिनन्दन गरे ।

‘ म ७० वर्षको संघर्षलाई विराम गर्दै शान्ति स्थापनामा अग्रसर हुँदै दुई कोरियाली राज्य पुनः एक हुने दिशामा अघि बढ्नका लागि प्रस्ताव गर्छु,’ मूनले आफ्नो भाषणमा भने जुन दक्षिण कोरियाका टेलिभिजनमा प्रत्यक्ष प्रशारण गरिएको थियो । यद्यपी, यसलाई उत्तर कोरियाली टेलिभिजनले भने प्रशारण गरेन ।

उक्त भाषणमा उनले परमाणु निःशस्त्रीकरणको कुरा जोड्दै परमाणु हतियारलाई पूर्ण रुपमा हटाइनु पर्ने धारणा राखे ।

तीन दिने भ्रमणको अन्तिम दिनमा दुई कोरियाली नेताले माउन्ट पाइक्टुको भ्रमण गरे ।

दक्षिण कोरियाको राष्ट्रगान र उत्तर कोरियाको प्रोपोगान्डामा माउन्ट पाइक्टुले विशेष महत्व राख्छ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ