शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अनुगमन संसदीय समितिमा राष्ट्रियसभाका तीन सांसद थपिए

बिहीबार, ०४ असोज २०७५, १२ : ३७
बिहीबार, ०४ असोज २०७५

काठमाडौं–राष्ट्रियसभाले  राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिमा तीन जना सांसद मनोनित गरेको छ । 

राष्ट्रियसभाको बिहिबार बसेको बैठकले राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिमा मनोनयनका लागि अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रस्ताव गरेको राधेश्याम अधिकारी, कालिबहादुर मल्ल र रामलखन चौंधरीको नाममा सहमति दिएको हो । 
समितिमा प्रतिनिधिसभाबाट अनिलकुमार झा, भीम रावल, डा. मिनेन्द्र रिजाल, निरादेवी जैरु, खेमप्रसाद लोहनी, गणेशप्रसाद ठगुन्ना, प्रभु साह, डा. मिनेन्द्र रिजाल, लक्ष्मी परियार, दुर्गा पौडेल र देवप्रसाद तिमिल्सिना सदस्य रहेका छन् । 

यसैबीच, राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्व कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको सभापतिको निर्वाचन आगामी असोज ९ गते मंगलबार हुने भएको छ । 
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय सभाको बिहिबारको बैठकमा सो समितिको सभापतिको निर्वाचन असोज ९ गते मंगलबार हुने जानकारी दिएका हुन् । उनले संघीय संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईलाई सो समितिको सभापतिको निर्वाचन कार्यतालिका सार्वजनिक गर्न पनि निर्देशन दिए ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप