केन्द्रीय संस्करण

स्वीस बैंकमा नेपालीले राखेको अर्बौँ रुपैयाँबारे छानबिन गर्न माग

person access_timeअसोज ४, २०७५ chat_bubble_outline0

काठमाडौं–राष्ट्रियसभाका सांसदहरुले स्वीजरल्याण्डस्थित स्वीस बैंकमा नेपालीले राखेको अर्बौँ रुपैयाँबारे छानबिन गर्न सरकारसँग माग गरेका छन् । 

राष्ट्रियसभाका सांसद खिमकुमार विश्वकर्माले स्वीस बैंकले हालै सार्वजनिक गरेको प्रतिवेदनमा ३२२ दशमलव ८८ स्विस फ्रैङ्क नेपाली नागरिकले राखेको उल्लेख गरिएको भन्दै तत्काल छानवीन गर्न शक्तिशाली आयोग गठन गर्न सरकारसँग माग गरेका हुन् । 
 राष्ट्रियसभाको बिहिबार बसेको बैठकमा शून्य समयमा बोल्दै उनले अर्बौँको सो कालो धन छानबिन गरी राष्ट्रियकरण गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए ।

सांसद अनिता देवकाटाले दाङस्थित लमही–घोराही–तुलसीपुर सडकखण्ड जीर्ण अवस्था रहेको उल्लेख गर्दै तत्काल मर्मत, संहार गर्न सरकारसँग माग गरिन् । उनले सो सडकखण्डमा निर्माणाधिन पुल निर्माणमा ढिलाई नगर्न पनि सरकारलाई सचेत गराइन् । 

सांसद कमलाकुमारी ओलीले कैलाली जिल्लाको महन्याल गाउँपालिकास्थित १२ सय घरपरिवारलाई लालपूर्जा दिएपनि जग्गाको कित्ताकाट र नक्सा उपलब्ध नगराएको भन्दै सरकारको गम्भिर ध्यानाकर्षण गराइन् । 
उनले २०३६ सालमा लालपूर्जा पाएका उनीहरुलाई जग्गाको कित्ताकाट र नक्साको पनि तत्काल व्यवस्था गर्न पनि सरकारसँग माग गरिन् । 
प्रदेश नम्बर १ को मूलद्धारको रुपमा रहेको कोशी व्यारेज नजिक भण्टाबारीमा रहेको पुल तत्काल निर्माण गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराइएको छ । सांसद खेमराज नेपालीले भण्टाबारी नजिक रहेको सो पुल तत्काल निर्माण गर्न सरकारसँग माग गरेका हुन् । 
अर्की सांसद उदया शर्मा पौडेलले संविधान कार्यान्वयनको कामलाई प्रभावकारी बनाउन सबै राजनीतिक दलहरु मिलेर अघि बढनुपर्ने धारणा राखिन् । 

 

रातोपाटी संवाददाता

मूलधारको लोकप्रिय अनलाइन बन्न सफल रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो  । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ