शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

निवर्तमान सेनापति राजेन्द्र क्षत्रीबारे छानबिन गर्न माग

बिहीबार, ०४ असोज २०७५, १२ : ०६
बिहीबार, ०४ असोज २०७५

काठमाडौं– संघीय संसदका सांसद हृदयेश त्रिपाठीले नेपाली सेनाका निवर्तमान प्रधान सेनापति राजेन्द्र क्षेत्रीको सम्पत्तिबारे प्रश्न उठेको भन्दै छानबिन गर्न सरकारसँग माग गरेका छन् । 

बिहिबार बसेको व्यवस्थापिका संसदको विशेष समयमा बोल्दै त्रिपाठीले उनको ‘कर्तुत’ हरु एकपछि अर्को गर्दै मिडियामा आइरहेको भन्दै गम्भीरताका साथ छानबिन प्रक्रिया अघि बढाउन सरकारको ध्यानाकर्षण गराएका हुन् । 

उनले सेना व्यावसायमा लागेकोमा चर्को आलोचना  समेत गर्दै  त्यसले पेशागत मर्यादामा चाही आँच आउने दाबी गरे ।  सेना व्यापारमा लाग्ने हो भने धेरै किसिमका अप्ठ्यारा आउने भन्दै त्रिपाठीले भने, ‘सेनाले व्यवसाय गर्छ भने त्यसले पेशागत मर्यादामा आँच अउँछ । अन्तत्वगत्वा  धेरै किमिसमा अप्ठ्यारा र  समस्या आउन सक्छन् ।’

 यस्तै उनले नेपाल वायुसेवा निगमले गरेको वाइडबडी विमान खरिद प्रकरणमा अनियमितता भएको दाबी गर्दै  यसविषयमा संसदको सार्वजनिक लेखा समितिमा छलफल हुनुपर्ने बताए । 

 दोस्रो निजगढ विमानस्थल निर्माणमा डीपीआर नै तयार नगरी हचुवाको भरमा रुख काट्न लागिएकोप्रति पनि उनकाे आपत्ति थियाे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप